Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठअन्तराष्ट्रियउलान उदे सहरसँग भगिनी सम्बन्ध कायम गर्न ललितपुर महानगर प्रमुख रसिया प्रस्थान 

    उलान उदे सहरसँग भगिनी सम्बन्ध कायम गर्न ललितपुर महानगर प्रमुख रसिया प्रस्थान 


    ललितपुर/ २६ फागुन,  उलान उदे सहरसँग भगिनी सम्बन्ध कायम गर्न ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन रसिया प्रस्थान गर्नुभएको छ । महानगरप्रमुख महर्जन आइतबार साँझ ५ बजे रसिया यात्राका लागि प्रस्थान गर्नुभएको उहाँका स्वकीय सचिव इन्द्र बज्राचार्यले जानकारी दिनुभयो ।
    नगरप्रमुख महर्जनसंगै महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, महानगरका उद्योग तथा पर्यटन समितिका संयोजक एवम् वडा नं. ५ का अध्यक्ष बिकासमान श्रेष्ठ र महानगरका अन्तर्राष्ट्रिय सल्लाहकार मुकुन्द विष्ट त्यसतर्फ प्रस्थान गर्नुभएको छ।
    यसअघि फागुन २२ गते महानगर प्रमुख र रसियाका राजदुत एलेक्स नोबीकोबबीच द्विपक्षीय सम्बन्धका बारेमा भेटवार्ता भएको थियोे ।
    रसिया प्रस्थान गर्नुअघि रासस प्रतिनिधिसंग कुराकानी गर्नुहुँदै महानगर प्रमुख महर्जनले मार्च १२ तारिकमा उलान उदे सहरसँग भगिनी सम्बन्ध कायम गर्ने सम्झौतापत्रमा हस्ताक्षर हुने जानकारी गराउनुभयो।
    “यसअघि हामीले कोरियाको कोरियाको चेओरन सहरसँग भगिनी सम्बन्ध कायम भएको छ, त्यसबाट हामीले एकअर्कामा असल अभ्यास आदानप्रदान गरिरहेका छौँ, त्यस्तै त्यहाँ पनि भगिनी सम्बन्ध कामय भएपछि एकअर्काको आवश्यकता र समझदारी अनुसार नागरिकस्तरमा सम्बन्ध कायम हुनेछ, उनीहरुको असल अभ्यास हामी लिन्छौं, हाम्रो असल अभ्यास उहाँहरूले लिनुहुनेछ।” उहाँले भन्नुभयो ।
    कोरियाको चेओरन सहरसँग भगिनी सम्बन्ध कायम भएपछि अहिले वडा नं. २७ सुनाकोठीमा टनेल प्रविधिमा खाद्यान्न उत्पादनका कामहरु भैरहेको  उहाँले जानकारी गराउनुभयो।
    ललितपुरलाई स्मार्ट सिटी बनाउने र पाटनलाई चौबीसै घण्टा सञ्चालन हुने सहरको रुपमा बिकसित गर्ने सोचका साथ महानगरको नेतृत्व गरिरहनुभएका प्रमुख महर्जनले काठमाडौं उपत्यका मेयर फोरमको समेत नेतृत्व गरिरहनुभएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    Techie IT