Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिलघुवित्त पीडितहरुले दिए आन्दोलन गर्ने चेतावनी

    लघुवित्त पीडितहरुले दिए आन्दोलन गर्ने चेतावनी


    काठमाडौं । लघुवित्त तथा वित्तीय शोषण पीडितहरुले आफ्नो आन्दोलनलाई थप सशक्त बनाएर लग्ने उद्घोष गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको आयोजना गरी उनीहरुले चार वर्षदेखि गर्दै आएको संघर्षले निकास नपाएको भन्दै थप संघर्षका कार्यक्रमहरुसमेत घोषणा गरेको छन् ।

    लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले अगामी २०८३ वैशाखसम्म पनि सरकार र सम्बन्धित निकायले आफूहरुलाई न्याय नदिए राष्ट्रिय सम्मेलनपछि नयाँ विद्रोह गर्ने अध्यक्ष मनिराम ज्ञवालीले चेतावनी दिएका छन् ।

    अध्यक्ष ज्ञवालीले पीडितहरुको आवजहरुलाई नसुनेको भन्दै,‘अब कुनै पनि पार्टीले वित्तीय दलाल र माफियाहरुलाई संरक्षण गरे तिनलाई गाउँगाउँबाट लखेट्ने हो ।’

    वित्तीय ऐन र सहकारी ऐन नेपालको मुलुकी आचार संहिता विपरित भएको बताउँदै ज्ञवालीले भने,‘ती ऐनहरु संविधानत परिमार्जन नगरि जनताको पाक्षमा वित्तीय प्रणाली नहुने हुँदा राजनीतिक स्थायीत्व र आर्थिक क्रान्तिमा बाधा पुगेको छ ।’

    वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले पीडितले लामो समयदेखि संघर्ष गरेपनि सत्तामा सबै पीडित विरोधी भएकाले नसुनेको जिकिर गरेका छन् ।

    पीडितहरुले सडक तथा कानुनी बाटोबाट पनि संघर्षलाई अगाडि बढाउने सुझाउँदै भने,‘जसले तपाई पीडितहरुलाई अभद्र व्यवहार गर्छन् ती वित्तीय अराजकहरुलाई अदालतमै मुद्दा हालेर कस्टडीसम्म पुर्याउनु पर्यो, अनि ठिक ठाउँमा आउँछन् ।’ बिडारीले आफू र आफ्नो पार्टी पीडितको पक्षमा रहेको बताउँदै भने,‘मेरो पार्टी माओवादी केन्द्र तपाइहरुको साथमा छ, कसैले नीतिसंगत विषयमा पनि तापईहरुविरुद्ध लाग्छन भने म उनिहरुको कुरा मान्दिन, तर म सधै तपाईहरुकै साथमा रहने छु ।’

    अधिवक्ता कृष्ण शर्माले राज्यका विभिन्न संयन्त्रहरु प्रयोग गरेर पीडितहरुलाई वित्तीय संस्थाहरुले थप पीडा दिएको बताउँदै भने,‘मध्ययुगिन सामन्तहरुले नयाँ रुप धारण गरेर गरिब जनताहरुलाई शोषण गरिरहेका छन् ।’ शर्माले त्यस्तो खाले अन्यायको विरुद्ध आफ्नो सधै साथ रहने बताउँदै, थप संघर्षलाई जोड दिनुपर्नेसमेत सुझाए ।

    सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलव केसीले ३६ महिनादेखि आन्दोलनरत रहँदै गर्दा अर्धनग्न अवस्थामा महिला दिदी–बहीनी तथा दाजुभाई आफ्नो न्यायका लागि उत्रिएको तर कसैले नसुनेको भन्दै रोष व्यक्त गरे ।समितिका युवा तथा संस्कृतिक विभाग प्रमुख रमेश सेन्चुरीले लघुवित्तको नाममा देशभर व्याप्त आर्थिक शोषण, उच्च व्याजदर, असमान ऋण वितरण र जबर्जस्ती असुलीको अन्त्यका लागि राज्यको स्पष्ट नीति आवश्यक रहेको जनाउँदै  १३ बुँदे मागपत्र पनि सार्वजनिक गरेका थिए ।

    कार्यक्रममा आन्दोलनका संरक्षक अगस्त अधिकारी, वित्तीय उत्पीडनविरुद्धको महिला संजालकी केन्द्रीय इन्चार्ज धनकुमारी विकलगायत प्रदेश संयोजक मानसिंह विक, क्षेत्रबहादुर मोक्तानसहित विभिन्न जिम्मेवारीमा रहेका अभियान्ता र पीडितहरुको उपस्थिति रहेको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    Techie IT