Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र ८ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारपाँच इन्टरनेट सेवा प्रदायकको लाइसेन्स पाँच वर्षका लागि नवीकरण

    पाँच इन्टरनेट सेवा प्रदायकको लाइसेन्स पाँच वर्षका लागि नवीकरण


    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायक (आईएसपी) को अनुमतिपत्र थप पाँच वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको छ । अनुमतिपत्र नवीकरणसँगै ती कम्पनीलाई आगामी पाँच वर्षसम्म सेवा सञ्चालनसँगै नेटवर्क तथा डिजिटल पूर्वाधार विस्तारमा लगानी गर्ने बाटो खुलेको छ ।

    प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा २५ तथा दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम पाँचवटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायकको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको हो ।

    नवीकरण हुने कम्पनीमा डि.जी. लिंक नेटवर्क प्रालि., विमान नेटवर्क प्रा. लि., श्री वाई फाई नेपाल प्रा. लि., शिखर नेट प्रालि. र युनाईट नेटवर्कस् प्रा. लि. रहेका छन् ।

    अनुमतिपत्रको अवधि थपिएसँगै ती कम्पनीलाई व्यवसाय विस्तार, नेटवर्क क्षमता वृद्धि तथा पूर्वाधार स्तरोन्नतिमा दीर्घकालीन लगानी गर्ने आधार तयार भएको छ । इन्टरनेट सेवा विस्तारका लागि ठूलो पूँजी आवश्यक पर्ने भएकाले अनुमतिपत्रको निश्चितता सेवा प्रदायकका लागि महत्वपूर्ण मानिन्छ ।

    नेपालमा इन्टरनेट प्रयोगकर्ता तथा डेटा खपत निरन्तर बढिरहेका बेला सेवा प्रदायकमाथि नेटवर्क क्षमता विस्तार र सेवा गुणस्तर सुधारको दबाबसमेत बढ्दै गएको छ । यस्तो अवस्थामा पाँच वर्षका लागि अनुमतिपत्र नवीकरण भएपछि कम्पनीहरूले फाइबर नेटवर्क विस्तार, उपकरण स्तरोन्नति र नयाँ प्रविधिमा लगानी बढाउन सक्ने अपेक्षा गरिएको छ ।

    यद्यपि, अनुमतिपत्र नवीकरणसँगै सेवा प्रदायकले प्राधिकरणले तोकेका सेवा गुणस्तर, नियामकीय अनुपालन तथा उपभोक्ता हित संरक्षणसम्बन्धी सर्त पालना गर्नुपर्नेछ । प्राधिकरणले पछिल्लो समय दूरसञ्चार सेवा प्रदायकलाई सेवा गुणस्तर सुधार र नियामकीय सर्त पालना गराउन थप कडाइ गर्दै आएको छ ।

    प्राधिकरणले साउनमै मोबाइल सेवाको गुणस्तर सुधार तथा उपभोक्ता हित संरक्षणका लागि सेवा प्रदायकलाई आठबुँदे निर्देशनसमेत दिएको थियो । सेवा प्रदायकले प्रत्येक तीन महिनामा सेवा सुधारको प्रगति विवरण प्राधिकरणमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

    पाँच कम्पनीको अनुमतिपत्र नवीकरणले इन्टरनेट सेवा क्षेत्रमा नियामकीय स्थिरता प्रदान गर्दै आगामी पाँच वर्षका लागि लगानी र व्यवसाय विस्तारको आधार तयार गरेको छ । तर बढ्दो प्रतिस्पर्धाबीच ग्राहक टिकाइराख्न सेवा प्रदायकले नेटवर्कको गुणस्तर, सेवा विश्वसनीयता र मूल्य प्रतिस्पर्धामा समेत थप ध्यान दिनुपर्ने देखिन्छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर पढ्नुपर्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउन विगतमा छुटेका राजनीतिक

    कम्युनिस्ट शक्तिबीच एकता र पुनर्गठन आजको आवश्यकता : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका

    सुनसरी–मोरङ सिँचाइको दीर्घकालीन समाधान खोज्न मन्त्री श्रेष्ठको निर्देशन

    मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी र स्थानीय आम्दानी वृद्धिसँग जोड्न सके

    मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका विवरण अद्यावधिक तथा त्रुटि सच्याउन सम्बन्धित मतदातालाई अनुरोध गरेको छ । आयोगका सहसचिव

    राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ

    -शोभाखर भण्डारी नेपालमा पछिल्ला वर्षहरूमा आर्थिक गतिविधिहरू सुस्त बन्दै गएका छन्। उद्योग, व्यापार, घरजग्गा कारोबार तथा सेयर बजारमा देखिएको मन्दीले

    १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का…

    काठमाडौं  ५ भदौ: नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर

    Techie IT