Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २२ शुक्रबार

    अपडेट
    गृहपृष्ठखेलकुदसहिद समरक ए डिभिजनको नयाँ लोगो र ट्रफीको डिजाइन आव्हान

    सहिद समरक ए डिभिजनको नयाँ लोगो र ट्रफीको डिजाइन आव्हान


    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद समरक ए डिभिजन लिगको नयाँ लोगो र ट्रफीको डिजाइन आव्हान गरेको छ ।  एन्फाले एक सूचना प्रकाशित अग्र्दै शहिद स्मारक ए डिभिजन लिगको नयाँ लोगो र ट्रफीको डिजाइनका लागि आवेदन आहृवान गरेको हो ।

    लोगो डिजाइनका लागि आवश्यक मापदण्डः

    – थीम: लोगोले फुटबलको भावना, राष्ट्रप्रेम, र सहिदहरूप्रतिको सम्मान झल्काउने हुनुपर्छ ।

    – लोगोमा समावेश हुनैपर्ने तत्वहरू:

    फुटबल प्रतीक (जस्तै: बल, गोलपोष्ट वा खेलसम्बन्धी कुनै चिन्ह, नेपाली पहिचान (राष्ट्रिय झण्डा, रङ वा संस्कृति झल्काउने डिजाइन), सहिदको सम्मान र प्रतिनिधित्व गर्ने चिहन वा कल्पना, स्पष्ट रूपमा ‘सहिद स्मारक ए डिभिजन लिग’ भन्ने पाठ (टेक्स्ट) समावेश

    -फरम्याट: डिजाइन एडोब इलुसट्रेटर फाइलमा पेश गर्नुपर्नेछ ।

    – मौलिकता: लोगो पूर्णत: मौलिक हुनुपर्छ, अन्य कुनै लोगोबाट नक्कल गरिएको हुनुहुदैन

    – प्रयोगः लोगो विभिन्न माध्यमहरुमा प्रयोग गर्न मिल्ने हुनुपर्छ (जस्तैः प्रिन्ट, डिजिटल, तथा टेलिभिजन ब्रोडकास्ट)

    लोगो पेश गर्ने अन्तिम म्याद : एन्फाले इच्छुकले आफ्नो डिजाइन २०८२ भदौ १५ गते (अगष्ट ३१, २०२५) भित्र procurement@the- nfa.com मा इमेल मार्फत पठाउन आग्रह गरेको छ । एन्फाले चयन गरिएको लोगोमा आवश्यक परेमा संशोधन गर्ने र सबै आधिकारि प्रयोजनमा प्रयोग गर्ने अधिकार राख्ने बताएको छ ।

    उत्कृष्ट डिजाइनलाई एन्फाबाट नगद ३५ हजार (पैंतीस हजार रुपैयाँ) प्रदान गरिने एन्फाले जनाएको छ ।

    ट्रफी डिजाइनका विशेषता:

    – ट्रफी १० किलो शुद्ध चाँदी प्रयोग गरेर निर्माण गरिनेछ

    – डिजाइनले निम्न पक्षहरु झल्काउनु पर्नेछ:

    – फुटबलमा विजय र सम्मान

    – राष्ट्रिय गौरव र पहिचान

    – सहिदहरूप्रतिको श्रद्धाञ्जली

    ट्रफी विशिष्ट, भव्य र लिगको गौरवपूर्ण इतिहास झल्काउने किसिमको हुनुपर्छ

    डिजाइनरले पेश गर्नुपर्ने विवरण:

    – प्रारम्भिक स्केच वा थ्रीडी मोडेल

    – डिजाइनको प्रेरणा तथा व्याख्या

    – फाइल फारम्याट : पीडिएफ, एडोब इलुसट्रेटर वा थ्रीडी डिजाइन फाइल

    लोगो पेश गर्ने अन्तिम म्याद आफ्नो डिजाइन प्रस्ताव २०८२ भदौ १५ (अगष्ट ३०, २०२५) भित्रमा procurement@the-anfa.com मा पठाइसक्नुपर्नेछ । छनोट गरिएको डिजाइन आधिकारिक ट्रफी निर्माणमा प्रयोग गरिनेछ र डिजाइनरलाई एन्फाबाट औपचारिक रुपमा सम्मानित पनि गरिनेछ । पुरस्कारः विजेता डिजाइनरलाई एन्फाबाट नगद रु.५०,००० (पचास हजार रुपैयाँ) प्रदान गरिनेछ ।

     




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार

    काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै

    गुरु पूर्णिमामा आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोटका खेलाडीद्वारा गुरु सम्मान

    ललितपुर, १३ साउन/आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोट डोजोका  सिनियर तथा जुनियर खेलाडीहरूले भव्यताका साथ गुरु पूर्णिमा मनाएका छन् । आज

    विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने…

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु

    विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने…

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु

    विश्वकप लिग–२: आज नेपाल र नामिबिया आमनेसामने, अघिल्लो हारको बदला…

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

    नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन

    काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्डसविरुद्ध जारी खेलमा नेपालले जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिले

    Techie IT