दुई दशकपछि मुख्यमन्त्रीको कुर्सीबाट ओर्लिए नितिश कुमार
काठमाडौँ।भारत, बिहारको राजनीतिका प्रभावशाली नेता नितिश कुमारले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) ले गठबन्धनको विधायक दलको नेतामा सम्राट चौधरी सर्वसम्मत रूपमा चयन गरेसँगै चौधरी विहारको नयाँ मुख्यमन्त्री बन्ने भएका हुन् ।
नितिशको राजीनामापछि भारतीय जनता पार्टी (भाजपा) ले उपमुख्यमन्त्री सम्राट चौधरीलाई मुख्यमन्त्रीका रूपमा चयन गरेको छ।जनता दल (युनाइटेड) का नेता नितिश भने राज्यसभामा गएका छन्।
बिहारमा नितिशको असाधारण इतिहास छ। सन् १९७४ मा जनता पार्टीबाट एक नवप्रवेशीको रूपमा राजनीति सुरू गरेका उनले ५० वर्षभन्दा बढी समय बिहारको राजनीतिमा प्रभुत्व जमाए।
यसरी बिहारको मुख्यमन्त्रीका रूपमा १० औं पटक शपथ लिएको चार महिना पनि नबित्दै उनी अब बिहारको सरकार प्रमुख नरहने निश्चित भएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस