Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २५ सोमबार

    अपडेट
    गृहपृष्ठखेलकुदभारतले बंगलादेशलाई ३–१ ले हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि जित्यो

    भारतले बंगलादेशलाई ३–१ ले हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि जित्यो


    काठमाडौँ । भारतले बंगलादेशलाई ३–१ गोलले पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। यो भारतको महिला फुटबलमा छैटौँ उपाधि हो।

    शनिबार गोवामा सम्पन्न आठौँ संस्करणको फाइनल खेलमा भारतले पहिलो हाफमा केही संघर्ष गरेको देखिए पनि दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै जित सुनिश्चित गर्‍यो।

    भारतका लागि छाछाले ४२औँ मिनेटमा पहिलो गोल गरेकी थिइन्। तर पहिलो हाफको इन्ज्युरी समयमा बंगलादेशकी रीतुपुर्ण चक्काले गोल फर्काउँदै खेल १–१ को बराबरीमा पुर्‍याएकी थिइन्।

    दोस्रो हाफ सुरु भएलगत्तै ४६औँ मिनेटमा सन्फिदा नोङरुमले गोल गर्दै भारतलाई अग्रता दिलाइन्। त्यसपछि ८२औँ मिनेटमा लिन्दा कोम सेर्टोले थप गोल गर्दै भारतको जित सुनिश्चित गरिन्।

    खेलको अधिकांश समय भारतले नियन्त्रणमा राख्दै बंगलादेशलाई दबाबमा राखेको थियो। सन् २०१९ पछि भारतले पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि पुनः हात पारेको हो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एसीसी महिला प्रिमियर कपः हङकङसँग ६९ रनले पराजित नेपाल उपविजेताका…

    काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको छ।

    कुशल भुर्तेलको लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमै १२६ रनको…

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर Kushal Bhurtel ले एसियन गेम्स छनोट प्रतियोगितामा लगातार दोस्रो खेलमा शतक प्रहार गर्दै

    मलेसियाको जितसँगै नेपाल एसियन गेम्समा छनोट

    काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली जापानमा आयोजना हुने आगामी एसियन गेम्सका लागि छनोट भएको छ। सिंगापुरमा जारी एसियन

    काभा महिला भलिबलको उपाधिका लागि आज इरान र काजकिस्तान भिड्दै

    काठमाडौं । जारी काभा महिला भलिबल च्याम्पियनसिप  अन्तर्गत काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । काठमाडौंको राष्ट्रिय खेलकुद

    नेपाली एमएमए फाइटर रविन्द्र ढाँट सेमिफाइनलमा

    काठमाडौं । रविन्द्र ढाँट ले प्रतिष्ठित ‘रोड टु यूएफसी’ सिजन ५ अन्तर्गत ब्यान्टमवेट विधाको सेमिफाइनलमा स्थान बनाएका छन् । चीनको

    पूजा महतोको शानदार अर्धशतक, चीनसामु नेपालले राख्यो १२६ रनको लक्ष्य

    काठमाडौँ । पूजा महतोको उत्कृष्ट अर्धशतकको मद्दतमा नेपालले एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत चीनसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ

    Techie IT