सभामुख चयनका लागि भोलि नै मनोनयन दर्ताको कार्यसूची
काठमाडौँ।संसद सचिवालयले आगामी चैत २२ गते आइतबार सभामुखको निर्वाचन गर्ने तयारी गरेको छ।सोही अनुसार कार्यतालिका निकालेको हो।
‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन चैत २२ गते आइतवार विहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा गर्ने गरी माननीय ज्येष्ठ सदस्यले निर्वाचनको मिति र समय निर्धारण गर्नु भएकोले सोही नियमावलीको नियम ७ को उपनियम (१) को प्रयोजनको लागि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ,’ संसद सचिवालयले सूचनामार्फत् भनेको छ।सूचना अनुसार शुक्रबार प्रतिनिधि सभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् प्रस्तावको सूचना अर्थात् उम्मेदवारी दर्ता हुनेछ। उक्त उम्मेदवारी दर्ताको प्रस्ताव बिहान ११ बजेदेखि बजेदेखि दिउँसो २ः०० बजेसम्म गरिसक्नुपर्नेछ।
शुक्रबार दिउँसो २ः३० बजे संसद सचिवालयले उम्मेदवारको नामावली प्रकाशित गर्नेछ। एकभन्दा बढी व्यक्तिको उम्मेदवारी परेमा चैत २२ गते निर्वाचन हुनेछ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस