काठमाडौं।अस्ट्रेलियाको नर्दन टेरेटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले दोस्रो जित निकालेको छ।आफ्नो पाँचौं खेलमा नेपालले मेलवर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्दै सिरिजमा दोस्रो जित दर्ता गराएको हो।डार्बिनमा नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलवर्न २० ओभरमा १०६ रनमा अलआउट भयो।१६औं ओभरको पहिलो बलमा जय लेमिन १८ रनमा रनआउट भएका थिए। त्यसपछि सोमपालले यो ओभरको पाँचौ बलमा अर्जुन नयरलाई २६ रनमा बोल्ड गरे भने अन्तिम बलमा ओुनिललाई शून्यमा एलबिडब्लूको धराापमा पारे। यो ओभरमा ३ विकेट लिएको नेपालले ६ रन खर्चिएको थियो।
अन्तिम ओभरको अन्तिम दुई बलमा सोमपालले विकेट लिएपछि मेलवर्न अलआउट भएको थियो।बलिङमा नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए। उनले चार ओभरमा १७ रन मात्र दिए। यस्तै कुशल भुर्तेलले २ विकेट लिँदा २० रन खर्चिए।
मेलवर्नका लागि नयरले बनाएको २६ रन सर्वाधिक रह्यो।खेलको तेस्रो ओभरमा मेलवर्नका ड्यान ब्रासरलाई २ रनमा बोल्ड गरेका सोमपाल कामीले १६औं ओभरमा उत्कृष्ट बलिङ गर्दा खेल नेपालको पक्षमा आयो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस