Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १ शुक्रबार

    अपडेट
    गृहपृष्ठखेलकुदनेपाल ए को लगातार दोस्रो जित, अमेरिकामाथि ३ विकेटको रोमाञ्चक विजय

    नेपाल ए को लगातार दोस्रो जित, अमेरिकामाथि ३ विकेटको रोमाञ्चक विजय


    काठमाडौँ । नेपाल ए ले त्रिकोणात्मक एकदिवसीय सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ए ले अमेरिकालाई ३ विकेटले पराजित गरेको हो ।

    अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ए ले ४९.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा मयन यादवले उत्कृष्ट ७२ रनको योगदान दिए । यस्तै सन्दीप जोराले ३६, कुशल मल्लले ३३, कप्तान अनिल कुमार शाहले २७ तथा पवन सराफले अविजित २४ रन बनाए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । अमेरिकाका समित पटेलले शानदार शतकीय इनिङ्स खेल्दै ११६ रन जोडे ।

    नेपाल ए ले यसअघि बिहीबार सम्पन्न खेलमा स्कटल्याण्डलाई पनि पराजित गरेको थियो । नेपाल ए ले अब मे ९ मा स्कटल्याण्डसँग तथा मे ११ मा अमेरिकासँग पुनः प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अन्तिम पाँच मिनेटमा अर्जेन्टिनाको शानदार पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

    काठमाडौं । अर्जेन्टिनाले खेलको अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ। रोमाञ्चक जितसँगै अर्जेन्टिनाले विश्वकप

    जापानमाथि ९ विकेटको शानदार जित, नेपाल एसीसी यू–१९ महिला प्रिमियर…

    काठमाडौं। नेपाल जारी एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार मलेसियामा सम्पन्न क्वाटरफाइनल खेलमा नेपालले जापानलाई ९

    एसीसी यू–१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा नेपाल र जापान भिड्ने

    काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा नेपालले जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह ‘डी’ मा लगातार तीनै खेल

    इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान सम्पन्न क्वाटरफाइनल खेलमा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको

    एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कप अन्तर्गत नेपालले आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियास्थित युकेएम ओभलमा हुने खेल नेपाली समयअनुसार

    स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्वाटरफाइनलमा स्पेनले बेल्जियमलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। रोमाञ्चक प्रतिस्पर्धात्मक

    Techie IT