Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठखेलकुदस्कटल्याण्डविरुद्ध नेपाल पहिला बलिङमा, टियुमा डिभिजन लिग–२ को महत्वपूर्ण भिडन्त हुँदै

    स्कटल्याण्डविरुद्ध नेपाल पहिला बलिङमा, टियुमा डिभिजन लिग–२ को महत्वपूर्ण भिडन्त हुँदै


    काठमाडौँ ।  आईसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंस्थित टियु क्रिकेट मैदानमा जारी छ ।

    टस जितेको स्कटल्याण्डले पहिला ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले बलिङ गर्ने भएको छ ।

    आजको खेलका लागि नेपाली टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, विनोद भण्डारी र करण केसी रहेका छन् ।

    नेपाल र स्कटल्याण्डबीच हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ९ पटक प्रतिस्पर्धा भएको छ । तीमध्ये नेपालले ५ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल आफ्नो पक्षमा पारेको छ । एक खेल भने नतिजाविहीन बनेको थियो ।

    हाल जारी लिग–२ को अंक तालिकामा नेपाल २४ खेलबाट ८ जित, १४ हार र २ खेलमा अंक बाँड्दै १८ अंकसहित सातौं स्थानमा रहेको छ । यता स्कटल्याण्ड २८ खेलबाट १४ जित, ८ हार र ६ खेलमा अंक बाँड्दै ३४ अंकसहित दोस्रो स्थानमा छ ।

    यस सिरिजअन्तर्गत मे १४ मा स्कटल्याण्ड र अमेरिका, मे १६ मा नेपाल र अमेरिका, मे १८ मा पुनः नेपाल र स्कटल्याण्ड, मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिकाबीच खेल हुनेछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विश्वकप लिग–२: आज नेपाल र नामिबिया आमनेसामने, अघिल्लो हारको बदला…

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

    नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन

    काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्डसविरुद्ध जारी खेलमा नेपालले जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिले

    विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्याण्डस भिड्दै, दोस्रो खेलमा…

    काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिदेशीय सिरिजमा नेपालले आज नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्दैछ। सिरिजको दोस्रो खेल नेपाली समयअनुसार

    आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको त्रिदेशीय एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ। सिरिजको पहिलो खेलमा

    अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्वविजेता

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा

    फ्रान्सलाई ६–४ ले हराउँदै इङ्गल्याण्ड विश्वकपको तेस्रो स्थानमा, साकाको ह्याट्रिक…

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको रोमाञ्चक प्रतिस्पर्धामा फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान

    Techie IT