Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारतीन दिन नदीमा बहाव बढ्ने पूर्वानुमान, काठमाडौं उपत्यकासहित धेरै जिल्लामा आकस्मिक बाढीको जोखिम

    तीन दिन नदीमा बहाव बढ्ने पूर्वानुमान, काठमाडौं उपत्यकासहित धेरै जिल्लामा आकस्मिक बाढीको जोखिम


    काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश नदी तथा खोलामा पानीको बहाव बढ्ने पूर्वानुमान गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    महाशाखाका अनुसार आज र भोलि अधिकांश नदीमा बहाव उल्लेख्य रूपमा बढ्नेछ भने पहाडी जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढी आउने मध्यमदेखि उच्च जोखिम रहेको छ।

    हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरू, साथै कन्काई, कमला, बबई, पूर्व र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि वर्षाका कारण आगामी दिनमा उल्लेख्य वृद्धि हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    विशेषगरी कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, बबई, पूर्व र पश्चिम राप्ती नदी प्रणालीका अधिकांश नदीमा आज र भोलि बहाव बढ्ने अनुमान गरिएको छ। केही नदीमा भने पर्सिसम्म पनि बहाव बढ्ने क्रम जारी रहने जनाइएको छ।

    महाशाखाका अनुसार आज पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली लगायतका जिल्लामा बहने साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

    यस्तै, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक तथा आसपासका क्षेत्रमा बहने साना नदी तथा खोलामा आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।

    भोलि र पर्सि पनि सातै प्रदेशका साना नदी तथा खोलामा बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनार, डुबान सम्भावित क्षेत्र तथा खोल्सानजिक बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT