Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारललितपुर चापागाउँदोबाटोकाे भाटभटेनीलाई दस हजार जरिवाना

    ललितपुर चापागाउँदोबाटोकाे भाटभटेनीलाई दस हजार जरिवाना


    ललितपुर/१ माघ, संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोकाे भाटभटेनीलाई दस हजार जरिवाना गरेकाे छ।
    ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेकाे नेतृत्वमा खटिएको संयुक्त बजार अनुगमन समितिले साेमबार अनुगमन गर्दा भाटभटेनीमा म्याद उल्लेख नगरिएको तथा मापदण्डअनुसार प्याकेजिङ समेत नगरिएको इम्लीकाे अचार फेला परेको थियाे।
    “म्याद उल्लेख नगरिएको इम्लीकाे आचार भेटिएपछि एउटा प्याकेज गुणस्तर जाँचका लागि पठाउने बाँकी अचार जफत गरिएकाे छ। हामीले अहिले सचेतनाका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ बमोजिम दस हजार मात्रै जरिवाना गरिएको छ।” सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो ।
    उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार बजार अनुगमन गर्दा साेही बुँदामा पाँच लाखसम्म जरिवाना गर्न सक्ने अवस्था रहेकाे उपभोक्ता हीत संरक्षण मञ्च ललितपुरका अध्यक्ष ध्रुबलाल तण्डुकारले जानकारी गराउनुभयाे ।

    त्यस्तै, संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदाेवाटाेकाे मकवानपुर फष्टफुड र ए टु जेड स्टाेरमा समेत अनुगमन गरि देखिएका कमजोरी सुधार्न सचेत गराएकाे अनुगमन समितिका सदस्य एवम् नेपाल पत्रकार महासंघका अध्यक्ष रामहरि कार्कीले जानकारी गराउनुभयाे। मकवानपुर फास्टफूडले स्थानीय तहमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको र ए टु जेड स्टाेरले मुल्यशुचि नराखेकाे पाइएकाे थियाे ।
    हरेक हप्ता फरकफरक ठाउँमा छड्के बजार अनुगमन गर्दै आएकाे संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले हात्तीवनस्थित अपार भेजिटेवल सस उद्योगलाई पचास हजार रुपैयाँ जरिवाना गराएकाे उद्योग तथा वाणिज्य कार्यालय ललितपुरका भानु पाण्डेले जानकारी गराउनुभयाे। —




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT