प्रत्यक्ष तर्फका १६५ स्थानकै नतिजा आयो,कसले कति सीट जिते ?
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ।
नेकपा एमालेले प्रत्यक्षतर्फ ९ स्थान जितेको छ।नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ ८ सिट पाएको छ। श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ स्थान जितेको छ। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा १ सिट जितेको छ।
समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म एक करोड २ लाख ६७ हजार ७३ मत गणना भएको छ । जसमा रास्वपाले ४९ लाख ३६ हजार ६५७ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४८.१ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १६ लाख ६९ हजार ५५९ मत अर्थात १६.३ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले १३ लाख ८७ हजार १६९ अर्थात् १३.५ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ५० हजार ८१ मत प्राप्त गरेको छ
त्यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ८०७ मत अर्थात ३.४ प्रतिशत मत पाएको छ । त्यस्तै राप्रपाले ३ लाख २२ हजार ८९ मत अर्थात् ३.१ प्रतिशत मत पाएको छ ।
त्यसैगरी समानुपातिक तर्फ कुल खसेको मत एक करोड ९ लाख ७७ हजार ७११ रहेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ नागको पूजाअर्चना गरी आज नागपञ्चमी मनाइँदै
- ३ चिनीको सहज आपूर्तिबारे आज समितिमा छलफल, उद्योगमन्त्री र सचिवलाई बोलाइयो
- ४ वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
- ५ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ६ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
- ७ बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

तपाईको प्रतिक्रिया दिनुहोस