चितवनमा अनुमति बिना कालो स्टिकर प्रयोगमा रोक, १५० सवारीसाधनबाट हटाइयो
काठमाडौं । चितवनमा अनुमति बिना सार्वजनिक तथा निजी सवारीसाधनमा कालो स्टिकर प्रयोग गर्न रोक लगाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बुधबारदेखि उक्त नियम कार्यान्वयनमा ल्याएको हो ।
नियम लागू भएसँगै चितवनका करिब १५० सार्वजनिक तथा निजी सवारीसाधनबाट कालो स्टिकर हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार कालो स्टिकर प्रयोग गरिएका सवारीसाधनमार्फत लागुऔषध, चोरीका सामान, हातहतियार तथा शङ्कास्पद वस्तु ओसारपसार हुन सक्ने आशंकाका कारण यस्तो निर्णय गरिएको हो ।
उनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आवश्यक अनुमति बिना कालो स्टिकर प्रयोग नगर्न सवारीधनीलाई आग्रह गरेका छन् । ट्राफिक प्रहरीले आगामी दिनमा पनि निगरानी तथा अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
- २ अविरल वर्षापछि दार्चुला–बैतडीमा पहिरो, सडक अवरुद्ध
- ३ रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
- ४ चितवनमा अनुमति बिना कालो स्टिकर प्रयोगमा रोक, १५० सवारीसाधनबाट हटाइयो
- ५ दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
- ६ चुनावी धक्का अस्थायी मात्रै हो, एमाले फेरि उठ्छ : ओली
- ७ निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

तपाईको प्रतिक्रिया दिनुहोस