विद्याकी देवी सरस्वतीको पूजा गर्दै आज श्रीपञ्चमी पर्व मनाइँदै
काठमाडौं । आज सरस्वती पूजा अर्थात् श्री पञ्चमी देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ । ज्ञान, कला र सङ्गीतकी देवी सरस्वतीको उपासना गर्दै विद्यालय, मन्दिर तथा विद्याका केन्द्रहरूमा आज विशेष पूजा–आराधना गरिन्छ ।
आजको दिन अक्षरारम्भ गर्ने, कलम–कागज, वाद्ययन्त्रजस्ता सिर्जनाका औजारहरूको पूजा गर्ने परम्परा रहेको छ ।
विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ।चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।
विद्या र सृजनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन्।
ऋग्वेदमा ब्रह्माणीलाई वाग्देवीका नामले चिनिन्छ । काठमाडौं उपत्यकाका स्वयम्भू मैतीदेवी र गैह्रीधारास्थित नील सरस्वती, ललितपुर लेलेलगायत विभिन्न जिल्लामा रहेका सरस्वती मन्दिरमा पञ्चमी बिहानैदेखि पूजाआजा गर्नेको घुइँचो लाग्ने गरेको छ ।
सरस्वतीलाई चढाइएको सात गेंडा अक्षता निलेमा विद्या–बुद्धि बढ्ने र चेतनाको ज्योति पाइने धार्मिक विश्वास छ । यसैगरी पञ्चमीका दिन काठमाडौं हनुमानढोकास्थित नासलचोकमा पुरोहितबाट विधिपूर्वक कथा बाचन गरी वसन्त श्रवण गर्ने प्रचलन छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस