Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीको दोहोरो चरित्रले देश र जनताले दुख पाईरहेको छ : प्रभु साह

    प्रधानमन्त्री ओलीको दोहोरो चरित्रले देश र जनताले दुख पाईरहेको छ : प्रभु साह


    काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो चरित्रले देश र जनताले दुख पाईरहेको टिप्पणी गरेका छन् । साथै प्रधानमन्त्री ओलीले पद र पावरको दुरुपयोग गरिरहेको गम्भिर आरोप उनले लगाएका छन् ।

    आजपा अध्यक्ष साहले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो आरोप लगाएका हुन् । गत बुधबार सिराहा पुगेका प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निर्वाचित धनगढीमाई नगरपालिका–७ का वडाअध्यक्ष बिजय महतोलाई टिकामाला लगाई नेकपा (एमाले)मा प्रवेश गराएका थिए ।

    एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एकपार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्‌नो पार्टीमा प्रवेश गराउदै गर्दा खुशी थिए । तर उही प्रधानमन्त्री ओलीले २०८० सालको असोजमा रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पदमुक्त गराएको आजपा अध्यक्ष साहले जनाएका छन् ।

    ‘यदी बिजय महतोको पार्टी प्रवेश बैध हो भने रिनाकुमारी साहको पदमुक्त के हो ?’ आजपा अध्यक्ष साहले प्रश्न गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, अलिकति लाजको पनि इज्जत राखिदिनुस् । तपाईको दोहोरो चरित्रले देशले धेरै दुख पाई सके । पद र पावर छ भन्दैमा जे पनि गर्ने काम बन्द गर्नुस् ।’

    यसै बिषयमा आजपा अध्यक्ष साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसपा नेपालबाट निर्वाचित सिराहाको धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय महतोलाई टिका माला लगाई एमालेमा प्रवेश गराउने प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न, “तपाई कुन नैतिकताले मौलापुरको मेयर रिनाकुमारी साहलाई पदमुक्त गर्नु भएको थियो ?” यदि विजय महतोको पार्टी प्रवेश बैध हो भन्ने रिनाकुमारी साहकी पदमुक्त के हो ? प्रधानमन्त्रीज्यू, अलिकति लाजकोपनि इज्जत राखिदिनुस । तपाईको दोहरो चरित्रले देशले धेरै दुःख पाई सक्यो । पद र पावर छ भन्दैमा जे पनि गर्ने काम बन्द गर्नुस ।’




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT