संविधानबाटै निकास खोज्नुपर्ने भन्दै नेपाल बारले देशव्यापी प्रदर्शन गर्ने तयारी
काठमाडौं । संविधान रक्षाका लागि भन्दै कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले शुक्रबार देशव्यापी प्रदर्शन गर्ने भएको छ ।‘संविधानको दायराबाट मुलुकको राजनीतिक निकास खोजिनुपर्छ, त्यो भनेको अहिलेको संविधान संरक्षण हुनुपर्छ भन्ने हाम्रो माग हो’ नेपाल बार एसोसिएसनका अध्यक्ष डा.विजयप्रसाद मिश्रले भने- ‘त्यसका लागि शुक्रबार दुई थरी कार्यक्रम गर्ने तयारी छ ।
’उनका अनुसार केन्द्रीय बारका पदाधिकारीहरुको आकस्मिक बैठकले शुक्रबार दिउँसो १ बजे देशभरका बार इकाइमा प्रदर्शन गर्ने निर्णय गरेको हो । त्यसपछि बारले बेलुकी ५ बजे नेपाल बार केन्द्रीय कार्यालय रामशाहपथबाट प्रदर्शन गर्ने योजना बनाएको छ ।कानून व्यवसायीहरुले संविधान हातमा लिएर विरोध प्रदर्शन गर्ने तयारी गरेका हुन् ।बारले ५ बजेअघि प्रदर्शन गर्दा कर्फ्यू तोडेको सन्देश जाने भएकाले कर्फ्यूको अवधि सकिएपछि प्रदर्शन गर्ने तयारी गरेको हो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस