“राजनीतिबाट रुष्ट समाजमा मोैलिक कामबाट सकरात्मक काम गर्नु आवश्यक छ।”
ललितपुर/२७ पुस, बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले राजनीतिबाट रुष्ट समाजमा मोैलिक कामबाट सकरात्मक काम गर्नु आवश्यक छ भन्नुभएको छ।
बागमती प्रदेश सरकारकाे माताहातकाे सञ्चार रजिस्ट्रार कार्यालयद्वारा शुक्रबार सामुदायिक विद्यालयका विद्यार्थीलाई चलचित्र साक्षरता कार्यशालाकाे समापनका अवसरमा मन्तव्य राख्नहुँदै मन्त्री लामिछाने बिद्यालयस्तरमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमले मद्दत पुग्ने विस्वास व्यक्त गर्नुभयो ।
“जीवनपयोगी सीप सिकाएर भबिश्यमा रोजगारी सिर्जना गर्न यस्ता कार्यक्रमहरुलस मद्दत पुग्नेछ,मोैलिक चलचित्र निर्माणका लागि कार्यशालाका सहभागीहरुबाट पाँच वटा समूहमा भएको प्रस्तुति सुन्न पाँए, खुसी लाग्याे, फरकपनकाे कार्यक्रममा आधारित रहेर ज्ञान प्रदान गर्न मन्त्रालयले प्रयत्न गरेकाे हाे।” मन्त्री लामिछानेले भन्नुभयो ।
उहाँले अध्ययन सम्पन्न भएपश्चात् राेजगारी सृजना गर्न सक्ने अवस्था सृजना गर्न याे कार्यक्रम आयाेजना गरिएको जानकारी गराउनुभयाे।
“याे पाँच दिनकाे तालिम पहिलो प्रयास हाे, यसबाट ‘क्यारियर’ बनाउन सकिन्छ भन्ने विस्वास हाे, याे कार्यशालाबाट हासिल ज्ञान, सीपले चलचित्र महाेत्सवमा समेत प्रस्तुतिकरण गर्न सकिनेछ, नेपाली समाजमा सुक्ष्मभन्दासुक्ष्म विषयमा आधारित रहेर चलचित्र निर्माण गर्न सक्ने र जिविकाे पार्जन गर्न सक्ने अवस्था बन्नुपर्छ भन्ने अभिप्राय हाे।” मन्त्री लामिछानेले भन्नुभयो ।
उहाँले भविष्यमा समेत यस्ता धेरै सीपमूलक, ज्ञान अभिबृद्धि गर्ने खालका कार्यक्रमहरु आयाेजना गर्न सकिने बताउनुभयो ।
“हामी माध्यमबाट बनेको हाै, बालबालिकाहरुकाे जीवनकाे सफल भविष्य निर्माणका लागि अहिलेदेखिकाे प्रयासले भविष्यमा उत्कृष्ट आधार तयार पार्नेछ।” उहाँले भन्नुभयो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट स्वीकृत मौलिक चलचित्र निर्माण तथा प्रबद्र्धनमा सहयोग कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ बमोजिम गत कात्तिक ५ गते पहिलो पटक र दोस्रो पटक कात्तिक २१ गते प्रकाशित सूचना बमोजिम प्राप्त आवेदक बिद्यालयका बिद्यार्थी र शिक्षकका लागि कार्यक्रम सञ्चालन गरिएको सञ्चार रजिस्ट्रार सापकोटाले जानकारी गराउनुभयाे ।
सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाका अनुसार शिक्षक र बिद्याथीले चलचित्र निर्माणको पूर्व तयारी, चलचित्र निर्माणको चरण र चलचित्र निर्माणपछिको चरणका आधारभुत सीप सिकेका छन् । यो कार्यशालामा फरक फरक बिधाका फरक फरक नौ जना प्रशिक्षकले चलचित्रमा उपयोग हुने पात्रको भूमिका,अभिनय, छायाँकन, सम्पादन, बजारीकरण र वितरणको आधारभुत ज्ञान र सीप सिकाइएको सञ्चार रजिष्ट्रार सापकोटाले बताउनुभयो ।
“याे पाँच दिनकाे प्रयासलाई पूर्ण नठान्नुहाेला, भविष्यका राम्रा चलचित्रका निर्देशक, निर्माता तयार हुने विश्वास छ, राम्रो गर्दै जानेहरूको लागि आगामी दिनहरुमा दक्ष व्यवसायिक जनशक्ति निर्माणका लागि लगानी गर्नेछाैं।” सापकोटाले भन्नुभयाे।
उहाँले विद्यार्थीहरुलाई व्यवहारिक सिकाईका लागि ध्यान दिन आग्रह गर्नुभयाे।
“शिक्षकहरुले गरेको मुल्यांकन र सिकाई उपलब्धिका आधारमा फरकफरक ठाउँमा समूह निर्माण गरेर व्यवसायिक दक्ष जनशक्ति निर्माणमा लाग्नेछाैं। सीप सिक्न चाहानेहरूका लागि बागमती प्रदेश सरकार आर्थिक तथा भोैतिक रुपमा सहयाेग गर्न तयार रहेकाे छ, माैलिक चलचित्र प्रवर्द्धन गर्ने वागमती प्रदेशको उद्देश्य हाे । तपाईंहरुकाे सकरात्मक प्रगति र उद्यमशीलताका लागि बागमती प्रदेश हरतरहकाे सहयाेग गर्न तत्पर रहेकाे छ।” उहाँले भन्नुभयो ।
उहाँले आगामी दिनमा विपद र पत्रकारिताका साथै सुचना प्रविधिसंग जाेडेर कार्यक्रम आयाेजना गर्ने जानकारी गराउनुभयाे।
अरुले काम नगरेको वा रचनात्मक तवरले नयाँ विषयमा काम गर्ने चाहनाले विद्यार्थीहरुलाई तालिम दिन लागिएको सापकोटाले बताउनुभयाे।
“बागमती प्रदेशको आर्थिक,सामाजिक, राजनीतिक, साँस्कृतिक, भाषिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक महत्व झल्किने, प्रदेशको पर्यटन र संस्कृति प्रबर्द्धन गर्न योगदान पुग्ने, परम्परागत ज्ञान र सीप प्रतिबिम्बित हुने सिर्जनात्मक, भावनात्मक तथा सन्देशात्मक र कलात्मक चलचित्र, बृत्तचित्र उत्पादन, निर्माण र प्रबद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रम आयोजना गरेको हो ।” उहाँले भन्नुभयो ।
कार्यशालामा काठमाडौ उपत्यकाका पाँचवटा विद्यालय कोटेश्वर सरस्वती उच्च माध्यमिक विद्यालय, कोटेश्वर; रत्नराज्य माध्यमिक विद्यालय, वानेश्वर; सिद्धेश्वरी माध्यमिक विद्यालय, तिनकुने; भीमसेनगोला मावि, भीमसेनगोला चार–चार जना विद्यार्थी र ती बिद्यालयका एक एक जना शिक्षक प्रशिक्षार्थीका रूपमा सहभागी गराइएको थियो ।
प्रशिक्षार्थीलाई चलचित्र निर्माण, पटकथा लेखन, उत्पादनका बारेमा प्राविधिक पक्षका साथै सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिएर नयाँ जनशक्ति तयार गर्ने ध्येय राखिएको पनि रजिष्ट्रार सापकोटाले जानकारी गराउनुभयाे।
प्रशिक्षणको पहिलो दिन पहिलो सत्रमा चलचित्र सम्पादक शिव पुरीले चलचित्रको परिचय, प्रकार र चलचित्र निर्माण प्रक्रियाका बारेमा प्रशिक्षण दिनुभएको थियो। यसक्रममा चलचित्र निर्माता सुनिल पाण्डेले चलचित्र निर्माणका प्राविधि पक्ष र जान्नैपर्ने शब्दावलीका बारेमा प्रशिक्षण दिनुभएको थियाे ।
दोस्रो सत्रमा प्रशिक्षक शिव पुरीले पाण्डुलिपि परिचय, क्यामरा परिचय, निर्देशन र अभिनय सम्बद्ध जानकारी लगायत चलचित्रका प्रकार (कथानक चलचित्र, वृत्तचित्र, लघुचलचित्र, श्रव्यदृश्य प्रतिवेदन) र चलचित्रको विकासबारे प्रशिक्षण दिनुभएकाे थियाे ।
यसैगरी प्रशिक्षणको दोस्रो दिन पुस २३ गतेको पहिलो सत्रमा छायांकनमा लाइट (प्रकाश) र आवाज (साउन्ड) को व्यवस्थापन, छायाँकन गर्दा समूह परियोजना सञ्चालनबारे विष्णु कल्पितले व्यवहारिक र सैद्धान्तिक पक्षका बारेमा प्रशिक्षण दिनुभएकाे थियो । प्रशिक्षक कल्पितले दोस्रो सत्रमा श्रव्यदृश्य (भिडियो) सम्पादन गर्ने सफ्टवेयरको सञ्चालन र सम्पादनका लागि जान्नुपर्ने कुरा, सफ्टवेयर प्रयोग गरी कटिङ, प्रभाव र ध्वनी सम्पादनसम्बद्ध व्यवहारिक प्रशिक्षण दिनुभएको थियाे ।
तेस्रो दिन पुस २४ गते अभिनय कार्यशाला राखिएको थियो । यस दिनको पहिलो सत्रमा अभिनय कलाकर्मी प्रभाकर शर्माले कार्यशालामा अभिनयलाई समूह अभ्यास गराउनुभएको थियो। शर्माले प्रशिक्षार्थीहरुलाई आफ्नो कामप्रति कसरी एकत्रित हुने, सञ्चार कसरी गर्ने, कल्पनाको भूमिका, आफूले गरेका अभिनयलाई जोड्ने कडी र भावनासम्बद्ध पक्षका बारेमा केन्द्रित रही प्रशिक्षण गराउनुभएको थियाे । अभिनय विज्ञ शर्माले अभिव्यक्तिका लागि उच्चारणमा स्पष्टता, शारीरिक हाउभाउमार्फत सञ्चार गर्ने कौशल, शरीरको गतिशीलता र अनुहारको हाउभाउको प्रयोग, पात्रको चरित्रचित्रण, पात्रको मनोविज्ञान, परिस्थिति बुझ्ने क्षमता, सहकार्य गर्ने क्षमता विकास र तयारीका बारेमा प्रशिक्षण दिनुभएको थियो।
दोस्रो सत्रमा पाण्डुलिपि लेखन र समूह अभ्यासका बारेमा ओस्कार कलेजका प्राध्यापक नवनिधि दाहालले प्रशिक्षण दिएका थिए । दाहालले कुनै कथालाई कसरी चलचित्र निर्माण गर्ने पटकथामा रुपान्तरण गर्ने ? त्यसको प्राविधिक पक्ष के के हुने् ? चलचित्र निर्माण कार्यमा संलग्न सबैजनाले बुझ्ने भाषा कस्तो हुन्छ भनी पटकथा लेखनबारे प्रशिक्षण दिनुभएको थियोे । उहाँले ‘स्क्रिप्ट टु स्क्रिन’ का विविध पक्षबारे व्यवहारिक तथा सैद्धान्तिक पक्षबारे प्रशिक्षण दिनुभएको थियोे ।
प्रशिक्षणको चौथो दिन पुस २५ गते निर्देशनको आधारभूत ज्ञानका साथै चलचित्र निर्देशकको भूमिकाका बारेमा रक्षा सिंह राणाले सैद्धान्तिक तथा व्यवहारिक पक्षबारे जानकारी दिनुभएको थियोे । यसै सत्रको अन्त्यमा चलचित्र निर्माता सुनिल पाण्डेले निर्देशन टोलीको व्यवस्थापन र दृश्य योजनाका बारेमा प्रशिक्षण दिनुभएको थियोे।
यसदिनको दोस्रो सत्रमा चलचित्र सम्पादन, प्रदर्शनबारे प्रशिक्षार्थीहरुलाई छलफल गराइएको थियो । यस सत्रलाई पनि रक्षा सिंहले नै संयोजन गर्नुभएको थियोे ।
यस दिनको दोस्रो सत्रमा मोबाइलबाट तस्बिर र भिडियो छायांकन गर्ने तौरतरिकाबारे प्रशिक्षक बिकास कार्कीले विद्यार्थीलाई सामूहिक परियोजना तयार गर्न सिकाउनु भएको थियो। क्यामरा सञ्चालन, त्यसका प्राविधिक र सैद्धान्तिक पक्षका बारेमा विद्यार्थीले चाख मानेर जानकारी लिएका थिए ।
प्रशिक्षणको अन्तिम दिन पुस २६ गते पहिलो सत्रमा चलचित्र बिकास वोर्डका सदस्य राजु केसीले निर्माण भएको चलचित्रलाई दर्शक समक्ष पुर्याउने बिबिध प्रविधिका बारेमा जानकारी गराउँदै चलचित्रको बजारीकरणका बारेमा प्रशिक्षण दिनुभएको थियोे ।
यसपछि विद्यार्थीले छायांकन गरेर ल्याएका श्रव्यदृश्य (भिडियो) हरू सम्पादन, फिल्म प्रदर्शनका बारेमा छलफल गर्न चलचित्र निर्माता शिव पुरी उपस्थित हुनुहुन्थ्यो। प्रशिक्षार्थीहरुले तयार गरेको श्रव्यदृश्य सामग्री सम्पादन गरेर कार्यशालाका सहभागी सामु प्रस्तुत गरिएको थियो । चलचित्र प्रस्तुतिपछि चलचित्रका बारेमा सुनिल पाण्डेले प्रशिक्षार्थीहरुसँग छलफल गर्नुभएको थियो ।
बिद्यालयमा चलचित्र साक्षरता कार्यक्रममा कक्षा ९, १० र ११ मा काठमाडौका चार वटा सामुदायिक बिद्यालय र भक्तपुरको एक सामुदायिक बिद्यालयमा अध्ययरत २० जना बिद्यार्थी र पाँच जना शिक्षकलाई मन्त्री लामिछानेले प्रमाणपत्र वितरण गर्नु भएको थियो। सञ्चार रजिष्ट्रारको कार्यालयले सोमबारदेखि ललितपुरको जावालाखेलस्थित आफनै कार्यालयमा पाँच वटा सामुदायिक बिद्यालयका २० जना बिद्यार्थी र पाँच जना शिक्षकलाई सहभागी गराई पहिलो पटक पाँच दिने चलचित्र साक्षरता कार्यशालाको शुक्रबार समापन गरेको हो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेप्सेमा ४१.७० अंकको उत्साहजनक उछाल, कारोबार ५ अर्ब ५१ करोड रुपैयाँ नाघ्यो

तपाईको प्रतिक्रिया दिनुहोस