Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठखेलकुदकास्यपदक विजेता गोवर्धनलाई ६५ लाख पुरस्कार दिने घोषणा

    कास्यपदक विजेता गोवर्धनलाई ६५ लाख पुरस्कार दिने घोषणा


    काठमाडौँ, २० भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ रु ६५ लाख राशीको पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
    प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाइ रु ६५ लाख नै दिने स्पष्ट गर्नुभएको हो । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन् ।
    प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताउनुुभयो । “नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु । यस पटक हामीले पारा ओलम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौँ । पलेशाको जीत नेपालीको जित हो । यसले औधी खुसी तुल्याएको छ । नेपालको इज्जत बढाएको छ ।’’, प्रधानमन्त्र
    ी ओलीले भन्नुुभयो, “यो कीर्तिमान इतिहासमा लेखिनेछ । हामीले पुुराना कीतिमानहरु तोड्दै जानुपर्छ । एउटै रेकर्डमा चित्त बुुझाएर बस्नुु हुँदैन । हाम्रो कीर्तिमानको यात्रा सुरु भएको छ ।’’
    सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गर्नुभएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विश्वकप लिग–२: आज नेपाल र नामिबिया आमनेसामने, अघिल्लो हारको बदला…

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

    भदौ २३–२४ को घटनाबारे गम्भीर समीक्षा गर्न प्रचण्डको आग्रह, वाम…

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र र

    नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन

    काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्डसविरुद्ध जारी खेलमा नेपालले जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिले

    ‘जीवन अन्त्य गर्ने सोच नबनाऔं, हामी साथमा छौं’ : गगन…

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आर्थिक, सामाजिक वा अन्य कुनै पनि कारणले निराश भएका नागरिकलाई जीवनप्रति आशा नरोक्न

    तीन महिनामा ४४ वातावरणीय प्रक्रिया सम्पन्न, १६ आयोजनाको ईआईए स्वीकृत

    काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासिक (वैशाख–असार) अवधिमा विकास निर्माणसँग सम्बन्धित ४४ वटा

    शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे आज मन्त्रालयको सरोकारवालासँग…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका समस्या, चुनौती तथा नीतिगत सुधारका विषयमा आज सरोकारवालासँग छलफल

    Techie IT