२० दिने सीपमूलक तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बन्न प्रेरणा
काठमाडौं । महिलालाई उद्यमशीलता र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको २० दिने सीपमूलक तालिम सम्पन्न भएको छ । तालिम समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आयआर्जनसँग जोड्न सहभागी महिलाहरूलाई आग्रह गर्नुभयो ।
उहाँले गुणस्तरीय सामग्री उत्पादन गर्न सके स्थानीय सरकारका तर्फबाट बजारीकरणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सानो प्रयासबाट पनि सफल उद्यमी बन्न सकिने बताउनुभयो । साथै, सिकेको सीपलाई व्यवहारमा उतारेर बजारसम्म पुर्याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष मनिषा पोखरेलले छोटो अवधिमै सहभागीहरूले उल्लेखनीय सिकाइ हासिल गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले क्रिस्टल तथा पोतेजन्य सामग्रीको बजार राम्रो रहेकाले उत्पादनमा सक्रिय हुन सहभागीलाई प्रेरित गर्नुभयो ।

विशेष अतिथि सुरेश निरौला, प्रशिक्षक कृष्णा शाही, सामाजिक विकास नेपालकी अध्यक्ष मनिषा पोखरेल, स्थानीय निकायका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा सञ्चारकर्मीहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।
तालिममा सहभागी महिलाहरूले सीपमूलक ज्ञान प्राप्त गरेको र आगामी दिनमा आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरेका छन् । आयोजकका अनुसार यस्ता कार्यक्रमले महिला सशक्तीकरणसँगै स्थानीय स्तरमा रोजगारी र उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
प्रशिक्षक कृष्णा शाहीका अनुसार २० दिनसम्म सञ्चालन भएको तालिममा सहभागीलाई ३५ प्रकारका सामग्री बनाउने सीप हस्तान्तरण गरिएको थियो । तालिम समापनमा सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुका साथै उत्कृष्ट सहभागीलाई आफ्नै उत्पादन सामग्री पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो ।

महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील सामाजिक विकास नेपालले यसअघि पनि विभिन्न निकायसँग सहकार्य गर्दै महिला सशक्तीकरण र आयआर्जनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ३ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ४ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ५ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ६ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ७ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग

तपाईको प्रतिक्रिया दिनुहोस