Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २३ शनिबार

    अपडेट
    गृहपृष्ठमनोरञ्जनगाउँ फर्किने सपना देखाउने फिल्म ‘पहाड’

    गाउँ फर्किने सपना देखाउने फिल्म ‘पहाड’


    काठमाडौँ। वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ले नेपालको समग्र अवस्थालाई यथार्थपरक ढंगले चित्रण गरेको प्रतिक्रिया सेलिब्रेटीहरूले दिएका छन्।

    सोमबार बेलुकी आयोजित विशेष प्रदर्शनीमा फिल्म हेरेपछि सङ्गीतकार शम्भुजित बाँस्कोटाले फिल्मले देशको वर्तमान अवस्था झल्काएको बताए। उनका अनुसार, “पहाड रित्तिँदै गएको छ, रोजगारीको अभाव छ र हरिया पहाड उजाड बन्दै गएका छन्। फिल्मले दिएको सन्देश राष्ट्रले ग्रहण गर्नुपर्छ।”

    चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले फिल्मलाई मनोरञ्जनसँगै सशक्त सन्देश बोकेको पारिवारिक चलचित्रको रूपमा व्याख्या गरे। उनले भने, “यो कथा पहाडको भए पनि समग्र देशकै प्रतिनिधित्व गर्छ। युवालाई आफ्नै गाउँ र देश फर्किन प्रेरित गर्ने फिल्म बनेको छ।”

    झन्डै नौ वर्षपछि निर्देशनमा फर्किएका निर्देशक घिमिरेले दर्शक प्रतिक्रियाले आफू उत्साहित भएको बताए। “दर्शकले यसलाई आफ्नै कथा मानेका छन्, हामीले दिन खोजेको सन्देश राम्रोसँग पुगेको छ,” उनले भने।

    फिल्ममा बेरोजगारी, पानी अभाव र मानवविहीन बन्दै गएका पहाडी क्षेत्रजस्ता समसामयिक विषयलाई उठाइएको छ। अभिनेता विपिन कार्कीले दर्शकको सकारात्मक प्रतिक्रियाले टिमलाई अझ उत्साहित बनाएको बताए भने रवीन्द्र सिंह बानियाँले निर्देशक घिमिरेसँग काम गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको उल्लेख गरे।

    फिल्ममा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्री तथा डेब्यु अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ।

    ‘पहाड’ले युवा जनशक्ति विदेश पलायनका कारण खाली बन्दै गएका गाउँ र त्यसबाट उत्पन्न सामाजिक–आर्थिक समस्यालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ। फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनलमार्फत प्रदर्शन भइरहेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ‘रोल नं १’ आजदेखि प्रदर्शनमा, देशभर १५० हाराहारी शो

    काठमाडौं । विनोद पौडेल निर्मित चलचित्र ‘रोल नं १’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका

    कमजोर पटकथाको शिकार ‘काजी’

    चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ

    ‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित

    काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत

    ‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा

    काठमाडौँ ।  आजदेखि दुई नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’ देशभर एकसाथ प्रदर्शनमा आएका छन्। मितेरी साइनोको कथामा आधारित फिल्म ‘मितज्यू’

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन सुनिता डंगोल फ्रान्स प्रस्थान

    काठमाडौं । कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा सहभागी हुन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आइतबार फ्रान्स प्रस्थान गरेकी छन्

    चलचित्र ‘बाः एक योद्धा’को वितरण कुवेर सिने डिस्ट्रिब्युसनलाई, भदौ १९…

    काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’को वितरण अधिकार कुवेर सिने डिस्ट्रिब्युसनले प्राप्त गरेको छ । निर्माता वसन्त लम्साल र कुवेर

    Techie IT