एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा
काठमाडौँ/ २२ पुस, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ आज नेकपा (एमाले) मा फर्कनुुभएको छ ।
एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकको आजको खाजा ब्रेक हुनुुपूर्व पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुले एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका सहइञ्चार्ज चेपाङलाई पार्टी प्रवेश गराउनुुभएको हो । मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि हुनुुहुन्छ ।
बैठकमा अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोल्नुभएको छ भने स्थायी र पोलिटब्यूरोका गरी बोल्न चाहने ५२ जनाले बोल्न बाकी रहेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस