रास्वपाको नवनिर्वाचित नेतृत्वको शपथ बुधबार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बुधबार आयोजना हुने भएको छ।
पार्टीका अनुसार शपथ ग्रहण कार्यक्रम बिहान ११ बजे काठमाडौंको बनस्थलीस्थित केन्द्रीय कार्यालयमा हुनेछ।
चितवनमा सम्पन्न महाधिवेशनबाट सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्रीसहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। १५८ सदस्यीय केन्द्रीय समितिमा अब सभापति रवि लामिछानेले ५१ जना सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ। साथै, सातै प्रदेशका सभापतिहरू स्वतः केन्द्रीय सदस्य रहनेछन्।
विधानअनुसार सभापति लामिछानेले पदाधिकारीतर्फ एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता तथा तीन सहप्रवक्ता मनोनित गर्ने अधिकार राख्नेछन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ३ बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध
- ४ ललितपुर अदालतले पत्रकार श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार
- ५ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
- ६ साउनमा ७० हजारभन्दा बढीले लिए श्रम स्वीकृति
- ७ आज नौ संसदीय समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने

तपाईको प्रतिक्रिया दिनुहोस