Techie IT
  • The Film Nepal
  • २०८३ असार २ मंगलवार

    अपडेट
    गृहपृष्ठराष्ट्रियहिमाली भेगबाट चिसो छल्न बेसी झरे भोटे

    हिमाली भेगबाट चिसो छल्न बेसी झरे भोटे


    काठमाडौं/ २७ कार्तिक, बाजुराको उच्च हिमाली भेगमा रहेका चार वटा स्थानीय तह र छिमेकी जिल्ला हुम्ला,मुगु र कालिकोटका हिमाली क्षेत्रमा बसोबास गर्ने भेडा पालक स्थानीय चिसो बढ्न शुरु भए सँगै बेसी झर्न थालेका छन् । हिउँदयामको सुरुवाती चरणमै चिसो शुरु भएपछि हिमाली भेगमा बसोबास गर्ने भेडापालक भोटे जातीहरू चिसो छल्न बेसी झर्न थालेका हुन् ।
    हिमाली भेगमा अत्यधिक चिसो बढेको र हिमपात शुरु हुने समय लागेकाले गाउँमा बस्न निकै समस्या हुने भएपछि बालबालिका तथा चौपाया समेत साथमा बोकेर बेसी तिर झर्न शुरु गरेका हुन् ।
    चिसो मौसम शुरु भए सँगै हिमाली क्षेत्रका स्थानीय प्रत्येक बर्ष हिउँदे खेती लगाएर मङ्सिरको अन्तिम तिर बेसी झर्ने गरेका भए पनि यश बर्ष छिटै चिसो बढ्न थालेको भन्दै कार्तिक दोस्रो साता बाटै बेसी झर्न शुरु गरेका छन् । यसरी बेसी झर्ने स्थानीय भोटे जातिहरू साथमा वृद्ध,वृद्धा बालबालिका सहित परिवारसँगै भेडा, च्याङ्ग्रा र बस्तु भाउ समेत साथमा ल्याएर जिल्लाको दक्षिणी भेगमा पर्ने बार्जुगाड ,सेरा, मालागाड, कालाआम,अछामको साँफे बगर,मेल्लेख,दर्ना लगाएतका विभिन्न ठाउँमा करिब ६ महिना बसोबास गरि वैशाख देखि पुनः आफ्नै गाउँको लेक तिर बसाइ सर्ने प्रचलन रहेको छ।
    बसाई सर्ने क्रममा उनीहरू गन्तव्य नपुगुन्जेल नदी खोला किनार र भेडा च्याङ्ग्राको चरन भएको ठाउँमा बास बस्दै अगाडि बढ्ने गर्छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा…

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित

    भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक…

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक

    युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेटमार्फत सुरुवात :…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो भविष्य निर्माण र सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले

    प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल, मन्त्रीले…

    काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको

    २४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा

    काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४०८ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्।

    Techie IT