Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठप्रदेशवाढी पहिरोबाट क्षति भएका सडक एवं पुलको दशैं आगाडि मर्मत सम्भार गरिने– मुख्यमन्त्री कार्की

    वाढी पहिरोबाट क्षति भएका सडक एवं पुलको दशैं आगाडि मर्मत सम्भार गरिने– मुख्यमन्त्री कार्की


    मोरङ/ १९ असोज, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा हालै आएको अविरल बर्षाका कारण वाढी पहिरोबाट भएको सडक, पुल लगायत क्षतिलाई दशैं अगाडि मर्मतसम्भार गरिने बताउनु भएको छ।
    मुख्यमन्त्री कार्कीलाई नेकपा एमाले प्रदेश समितिका इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राई, प्रदेश समिति अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीद्वारा आज यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा ध्यानाकर्षण पत्र वुझ्दै उक्त कुरा बताउनु भएको हो ।
    उहाँले असोज १३ गते बसेको मन्त्रिपरिषदको वैठकले वाढी पहिरोबाट मृतकहरुहरुप्रति हार्दिक श्रद्धान्जली, वेपत्ताहरुको उद्धार ,खोजी, घाइेतको निशुल्क उपचार र राहत उपलव्ध गराउने निर्णय भएको जानकारी दिनु भयो ।
    मुख्यमन्त्री कार्कीले वाढी पहिरोबाट भएको क्षतिहरुको पूर्ण विवरण आएपछि सम्वन्धित मन्त्रालयहरुले दशैं अगाडि गर्न सक्ने मर्मत सम्भार कार्य तत्काल गर्न निर्देशन दिएको बताउनु भयो ।
    उहाँले प्रदेश सरकारप्रति जनताको विश्वास एवं अनुभूति जागृत गराउन सडक , पुल लगायत निर्माण कार्य दु्रत रुपमा गर्न सम्वन्धित मन्त्रालय एवं निकायलाई निर्देशन दिएको जानकारी दिनु भयो ।
    मुख्यमन्त्री कार्कीले नेपाल सरकार , विपद् प्राधिकरण र प्रदेश मन्त्रालयको सहकार्यमा आगामी १० दिन भित्र गर्न सक्ने कार्यका लागि प्रमुख सचिवलाई निर्देशन दिएको बताउनु भयो ।
    सो अवसरमा प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री राईले यस विपद्को घडीमा मृतकलाई तत्काल राहत,घाइतेहरुको निःशुल्क उपचार, वेपत्ताहरुको खोजी र विस्ताथिपहरुको पुर्नस्थापना, बालीनालीको क्षति पूर्ति उपलव्ध गराउन आग्रह गर्नु भयो ।
    उहाँले प्रदेश सरकारले विशेष विपद प्राधिकरण गठन गरी उद्धार, राहत पुनर्स्थापना र पुर्ननिर्माण कार्य शुरु गर्न ध्यानाकर्षण गराउनु भयो ।
    नेकपा एमाले प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले असोज ११ र १२ गतेको बर्षाका कारण भएको ठूलो जनधनको क्षति एवं विकास निर्माण संरचना एवं सञ्चारका माध्यामको क्षति पुगेको चर्चा गर्दै सरकारलाई राहत कार्यमा सरकारलाई सघाउन ध्यानाकर्षण गर्न लागिएको बताउनु भयो ।
    सो अवसरमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना,भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई, खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्की, मुख्यमन्त्री तथा मन्त्रिपरिष्की राज्यमन्त्री सिर्जना राई, मन्त्रालयका सचिवहरु नेकपा एमाले विभिन्न जिल्लाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT