Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ६ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारआजपा काठमाडौं–१ का उम्मेदवार कमल सुवेदीको घोषणा : रोजगारकै लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्छौ

    आजपा काठमाडौं–१ का उम्मेदवार कमल सुवेदीको घोषणा : रोजगारकै लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्छौ


    काठमाडौं, २५ माघ आम जनता पार्टी (आजपा)का बाट काठमाडौं–१ मा उम्मेदवारी दिएका कमल सुवेदीले चुनावी छलफल एवं भेटघाटलाई तिब्रता दिएका छन् ।

    काठमाडौंको बानेश्वर, शान्तिनगरमा आज उनले आम मतदाता, पार्टीका नेताकार्यकर्तासंग चुनावी भेटघाट एवं छलफल गरेका छन् । भेटघाट एवं छलफलका क्रममा उम्मेदवार सुवेदीले मोबाइल चुनाव चिन्हमा मतदान गरेर आजपाका उम्मेदवारलाई बिजयी बनाउन अपिल गरेका छन् ।

    काठमाडौं नेपालकै संघीय राजधानी भएको र यसलाई धार्मिक, सांस्कृतिक एवं पर्यटकीय शहरको रुपमा विकास गर्नका लागि आफूले पहल गर्ने धारणा राख्दै सुवेदीले त्यसका लागि सबैले मोवाइल चिन्हमा मतदान गर्नुपर्ने आग्रह समेत गरेका छन् ।

    समाजसेवामा लामो समय देखी सक्रिय सुवेदीले अब राजनीतिमार्फत समाजसेवा र मुलुकको समग्र विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै संघीय राजधानी काठमाडौंमा रहेको खानेपानी, सुकुम्बासी, गुणस्तरीय शिक्षा, रोजगार लगायतका समस्या समाधानका लागि ठोस काम गर्ने बताए ।

    नेपालका कोही पनि युवा रोजगार गर्नैका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्दै नेपालमै बसेर महिनाको लाखौं आम्दानी हुने गरी रोजगारको सृजना आफूले गर्ने बताउदै उनले काठमाडौंमै बसेर काम गर्ने वातावरण आफूले बनाउने बताए ।

    नेपाल प्राकृतिक, सांस्कृतिक, धार्मिक रुपमा विश्वकै धनी राष्ट्र भएको बताउदै उनले यहाँको युवालाई यही बसेर काम गर्ने र लाखौं आम्दानी हुने गरी रोजगारको सृजना गर्ने योजना आम जनता पार्टीसंग भएको बताए ।

    ‘स्पष्ट एजेन्डा, बाचा होइन, स्पष्ट एजेन्डा छ हामीसंग । स्वच्छ राजनीति, स्थानीयलाई रोजगारी, शिक्षा र स्वास्थ्यमा ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ सुवेदीले भने, ‘भ्रष्टाचारमा शुन्य सहनशीलता, बजेट खानेलाई सामाजिक बहिष्कार र कडा कानूनी कारवाही ।’

    काठमाडौंको समग्र विकाश सहित धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको समृद्धि एवं विकासका लागि संघर्ष गर्दै आएका सुवेदीले स्थानीयले मतदान गरेर बिजयी बनाउने विश्वास व्यक्त गरेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय

    करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    काठमाडौं|  सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ।। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा

    वीरगञ्जमा एकाबिहानै चल्यो डोजर

    वीरगञ्ज| मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको मुहार फेर्ने लक्ष्यका साथ लामो समयदेखि प्रतीक्षित मुख्य सडक (मेनरोड) विस्तारको कार्य आइतबार बिहानदेखि औपचारिक

    तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ

    काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका

    १२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

    काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख

    आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

    काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर

    Techie IT