७२ घण्टाभित्र इजरायलले ६ देशमा आक्रमण गर्दा २०० भन्दा बढी मारिए,हजारभन्दा बढी घाइते
काठमाडौं। हमासको आक्रमणपछि शुरू भएको युद्धले सम्पूर्ण पश्चिम एसियालाई हल्लाएको छ।इजरायलको बमबारी गाजामा मात्र सीमित छैन । पछिल्लो ७२ घण्टाभित्र, इजरायली सेनाले एकैसाथ ६ मुस्लिम देशहरूलाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यी आक्रमणहरूमा लगभग २०० जनाको मृत्यु भएको छ र एक हजारभन्दा बढी मानिसहरू घाइते भएको समाचारमा उल्लेख छ ।
कतारदेखि यमन, लेबनानदेखि सिरियासम्म। इजरायली आक्रमण भएको छ । ट्युनिसिया र गाजा पनि इजरायली आक्रमणको आगो सल्केको छ ।इजरायलले आतंकवादी लुकेका ठाउँहरूलाई मात्र निशाना बनाएको दाबी गरेको छ, जबकि प्रभावित देशहरूले यसलाई आफ्नो सार्वभौमिकतामाथिको आक्रमण भन्दै आएका छन् ।
मंगलबार इजरायली सेनाले दोहा ९कतारको राजधानी०मा हवाई आक्रमण गरेको थियो। लक्षित हमासका शीर्ष नेता खलील अल–हय्या थिए। आक्रमणमा उनका छोरा, कार्यालय निर्देशक, तीन गार्ड र एक कतारी सुरक्षा अधिकारीसहित ६ जनाको मृत्यु भएको थियो ।
तिबेला हमासका नेताहरू अमेरिकी युद्धविराम प्रस्तावबारे छलफल गरिरहेका थिए।
सोमबार इजरायली विमानहरूले बेका र हर्मेल जिल्लाहरूमा हवाई आक्रमण गरे। यसमा ५ जनाको मृत्यु भयो ।मंगलबार इजरायली ड्रोनले हिज्बुल्लाह सदस्यमाथि आक्रमण गरेको थियो । नोभेम्बर २०२४ मा युद्धविराम भए पनि इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ६ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस