Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ १६ शनिबार

    अपडेट
    गृहपृष्ठविश्वहोर्मुजमा नाकाबन्दी गर्ने तयारी,तेलको भाउ अकासिने चिन्ता

    होर्मुजमा नाकाबन्दी गर्ने तयारी,तेलको भाउ अकासिने चिन्ता


    काठमाडौँ।अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्ने प्रयास असफल भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। अमेरिकी नौसेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने तयारी गरेपछि सोमबार तेलको मूल्य प्रतिब्यारेल १०० डलर माथि पुगेको हो।
    इरानबाट हुने तेल निर्यात पूर्ण रूपमा रोकिन सक्ने डरले लगानीकर्ताहरू चिन्तित बनेका छन्, जसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय बजारमा देखिएको छ। सोमबार लन्डनको ब्रेन्ट क्रुड फ्यूचर ७.६० डलर अर्थात् करिब ८ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.८० डलर पुगेको छ।

    त्यस्तै, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य पनि ८.३१ डलर अर्थात् ८.६ प्रतिशतले वृद्धि भई १०४.८८ डलर कायम भएको छ। दुई साताको अल्पकालीन युद्धविराम पछि शान्ति सम्झौता हुने आशा गरिए पनि वार्ता निष्कर्षविहीन टुङ्गिएपछि बजारमा फेरि अस्थिरता छाएको ऊर्जा विज्ञहरूले बताएका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु

    काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय

    सी–पुटिन भेट : चीन–रूस सम्बन्ध नयाँ उचाइमा पुगेको दाबी

    एजेन्सी । चिनियाँ राष्ट्रपति Xi Jinping र रुसी राष्ट्रपति Vladimir Putin बीच बेइजिङमा उच्चस्तरीय वार्ता सम्पन्न भएको छ। चीन भ्रमणका

    चीन भ्रमण सकेर अमेरिका फर्किए ट्रम्प, सीमित सहमतिमै सकियो शिखर…

    काठमाडौं । अमेरिकी राष्ट्रपति Donald Trump तीन दिने चीन भ्रमण सम्पन्न गरेर शुक्रबार अमेरिका फर्किएका छन् । विश्वका दुई ठूला

    उत्तर प्रदेशमा भीषण आँधी–वर्षा: ८९ जनाको मृत्यु, दर्जनौँ घाइते

    काठमाडौँ । भारतको उत्तर प्रदेश मा आएको शक्तिशाली आँधी, वर्षा र असिनापानीका कारण ठूलो जनधनको क्षति भएको छ । राज्य

    आज विश्व रेडक्रस दिवस मनाइदै

    काठमाडौँ । आज विश्व रेडक्रस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । हरेक वर्ष मे ८ का दिन

    अमेरिका–इरान तनाव अन्त्यतर्फ कूटनीतिक पहल, युद्धविराम प्रस्तावमा सहमति नजिक

    काठमाडौं ।  अमेरिका र इरानबीच जारी तनाव तथा सम्भावित युद्ध अन्त्यका लागि महत्वपूर्ण कूटनीतिक पहल अगाडि बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका

    Techie IT