बुद्ध जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मान्यता दिइनुपर्छ (भिडियो सहित)
काठमाडौं । नेपाल बुद्ध धर्म सेवा संघका अध्यक्ष निम्तो शेर्पाले बुद्ध धर्मलाई राष्ट्रिय पर्वको मान्यता दिइनु पर्ने बताएका छन् । २५६९ औं बुद्ध जयन्तीका अवसरमा काठमाडौंको स्वयम्भुनाथमा आयोजित एक कार्यक्रममा अध्यक्ष शेर्पाले यस्तो बताएका हुन् ।
बुद्ध विश्वकै लागि शन्तिका अग्रदूत भएकोमा नेपालले गौरव गरेर बुद्ध जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मान्नुपर्ने धारणा उनको थियो । त्यसैगरी संघका बरिष्ठ उपाध्यक्ष मुके शेर्पाले बुद्ध जयन्ती बौद्ध वा स्वयम्भुमा मात्रै केन्द्रित हुनु नहुने बताए ।
बुद्ध जयन्ती बुद्ध धर्मको मात्रै नभइ सबै नेपालीहरुको भएकोले यसलाई अझ भव्य रुपमा मनाउनु पर्ने बताए ।
बुद्ध जयन्तीको अवसरमा संघले काठमाडौंको स्वयम्भुमा विशेष कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा भव्य उपस्थिति रहेको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ५ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ६ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ७ प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

तपाईको प्रतिक्रिया दिनुहोस