एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
काठमाडौं । एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा आज (सोमबार) नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो १२ः१५ बजे सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ।
नेपाल सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर पूरा गरेको थियो।
नेपालको जितमा लोकेश बमले सर्वाधिक ४४ रनको योगदान दिएका थिए। ओपनर कुशल भुर्तेलले २० रन बनाउँदा कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे। ओमानका लागि समिर ओथामनले २ विकेट लिए।
यसअघि ब्याटिङ गरेको ओमानका कप्तान सफियान मोहम्मदले सर्वाधिक ३८ रन बनाए। जुबिर अली अकबरले २२ तथा अब्दुल्जाली खानले १६ रन जोडे पनि टोलीलाई ठूलो स्कोरतर्फ डोर्याउन सकेनन्।
उत्कृष्ट लयमा रहेको नेपाल आज हङकङलाई पराजित गर्दै उपाधिसहित एसियन गेम्समा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ६ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस