पछिल्लो ६ घण्टामा देशभर ६४ मिलिमिटर वर्षा
काठमाडौं/ १८ असोज: जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा देशभर ६४ मिलिमिटर वर्षा भएको छ। यो अवधिमा मधेश प्रदेशमा सबैभन्दा धेरै वर्षा भएको छ । काठमाडौँ उपत्यकामा भने गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१ मिलिमिटर वर्षा मापन भएको छ।
त्यस्तै, खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ । भारी वर्षासँगै काठमाडौं उपत्यकामा रहेका खोला तथा नदीहरूमा जलस्तर बढेको छ । सुरक्षा निकायले तटीय क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित र सतर्क रहन आग्रह गर्दै केही स्थानमा माइकिङ समेत गरेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय समिति गठन
- ४ काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
- ५ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ६ देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
- ७ विश्वकप : मोरक्कोको पहिलो जित

तपाईको प्रतिक्रिया दिनुहोस