यी स्थानमा आज वर्षाको सम्भावना, तराईमा तातो लहर
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।यसको प्रभाव रहँदा देशका हिमाली भू–भागसहित कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली र पहाडी भूभाग लगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सुनचाँदीको मुल्य बढ्यो
- २ सुकम्बासी बस्तीमा डोजर चले प्रतिकार गर्न तयार रहेको सुकुम्बासी संघको चेतावनी
- ३ आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
- ४ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ५ गाउँ फर्किने सपना देखाउने फिल्म ‘पहाड’
- ६ आजपाको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा खगेश रंजितकार
- ७ वैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने

तपाईको प्रतिक्रिया दिनुहोस