Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ११ शुक्रबार

    अपडेट
    गृहपृष्ठमनोरञ्जनरेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा प्रदर्शनमा आउने

    रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा प्रदर्शनमा आउने


    काठमाडौं ।  चर्चित अभिनेत्री तथा निर्देशक रेखा थापा को निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’ आगामी भदौ २६ गते, हरितालिका तीज को अवसर पारेर देशभर प्रदर्शनमा आउने भएको छ।

    प्रेम, सम्बन्ध र पारिवारिक भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रलाई दर्शकमाझ भावनात्मक कथावस्तु बोकेको नयाँ प्रस्तुति रूपमा हेरिएको छ।

    चलचित्रको निर्माण हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठले गरेका हुन्। कलाकारहरूमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतको अभिनय रहेको छ।

    पटकथा ध्रुव लम्सालले लेखेका हुन् भने छायांकन सुदीप बरालले गरेका छन्। चलचित्रको वितरण रिच, एप्पल र एफडीले गर्ने भएका छन्।

    निर्देशक थापाका अनुसार, ‘यो केवल प्रेमकथा मात्र होइन, जीवनका विभिन्न आयाम समेटिएको कथा हो। दर्शकले यसमा आफ्नै अनुभूति भेट्नेछन्।’




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    गाउँ फर्किने सपना देखाउने फिल्म ‘पहाड’

    काठमाडौँ। वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ले नेपालको समग्र अवस्थालाई यथार्थपरक ढंगले चित्रण गरेको प्रतिक्रिया सेलिब्रेटीहरूले दिएका

    बलिवुडकी चर्चित गायिका आशा भोसलेलाई हृदयघात, उपचार हुदै

    काठमाडौँ । बलिवुडकी चर्चित पार्श्व गायिका आशा भोसलेलाई हृदयघात भएको छ । ९२ वर्षीया उनी हृदयघातका कारण अस्पताल भर्ना भएको

    कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा

    काठमाडौँ । कलाकार सागर लम्साल (बले) हाजिर जमानीमा रिहा भएका छन् । बलात्कार आरोपमा चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ

    चलचित्र ‘बाः एक योद्धा’ मा एकसाथ देखिँदै आमा-छोरी झरना र…

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै

    फिल्म ‘लालीबजार’ पोस्टरमा देखिए स्वस्तिमा र डेब्यु अभिनेता विशाल

    काठमाडौं- आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नयाँ पोस्टरमा अभिनेत्री स्वस्तिमा

    फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुदै

    काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ । त्यहाँस्थित नेपालीभाषी दर्शकलाई लक्षित गर्दै

    Techie IT