आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ हुदैँ
काठमाडौं| एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिइन् ।
पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने अभियानले दक्षिण कोरियाको इओएलमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ गर्न लागेको ए.एमएस. म्युजिक एण्ड इन्टरटेन्मेन्ट नेपालकी अध्यक्ष सतिकला लामाले जानकारी दिएकी छन् ।
पिस सोइभा हङ मनोरञ्जनको सहकार्यमा ए.एमएस. म्युजिक एण्ड इन्टरटेन्मेन्ट नेपालले विदेशी भुमिमा नेपाली कला र संस्कृतिलाई विश्वमा पुर्याउनको लागि यस्तो कार्यक्रम गर्न लागेको अध्यक्ष लामाले बताइन् ।
‘हाम्रो कला, संस्कृति हेर्नका लागि विदेशीहरु नेपाल भित्रिउन् । हामीले विदेशीमाझ हाम्रा संस्कृति प्रस्तुत गरी उनीहरुलाई पच्छाउन प्रेरित गर्नुपर्छ । यस्ता कार्यक्रमले कोरिया र नेपालबीचको सम्बन्धमा पनि प्रगाण हुने विश्वास छ,’ उनले भने ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्से २७.८५ अंकले उकालो, कारोबार झन्डै ६ अर्ब रुपैयाँ
- २ नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै
- ३ आगामी जेठ १६ १७ मा चिकित्सक संघको सम्मेलन हुँदै
- ४ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ५ ‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
- ६ बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध
- ७ दुई समितिको बैठक बस्दै, नीति समीक्षा र वित्तीय अनुशासनमा केन्द्रित छलफल

तपाईको प्रतिक्रिया दिनुहोस