संविधानका आधारभूत विषय चलाए देश दुर्घटनामा पर्न सक्छ : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधानका आधारभूत विषयमा हस्तक्षेप गरे देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले संविधान संशोधनका विषयमा छलफल भइरहे पनि संघीयता, समावेशिता र धर्मनिरपेक्षता जस्ता आधारभूत व्यवस्थामाथि दखल गर्न नहुने बताएका हुन्।
उनले संविधानका यी तीन मूलभूत विषयलाई तलमाथि गर्ने प्रयास भए देशले पुनः अस्थिरता र दुर्घटनाको अवस्था भोग्न सक्ने उल्लेख गरे।
साम्पाङले विगतका गल्ती दोहोरिन सक्ने भन्दै संविधान संशोधनका विषयमा सबै पक्ष सजग हुनुपर्ने धारणा राखे। उनले संघीयता, समावेशिता र धर्मनिरपेक्षताबाहेक अन्य विषयमा भने छलफल गरेर आवश्यक संशोधन गर्न सकिने बताए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस