बागमतीका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण स्थगित
रामेछाप । बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूको आज बिहीबारका लागि तय गरिएको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ । शपथग्रहण कार्यक्रम आज दिउँसो १ बजेका लागि तय गरिएको थियो। तर प्रदेश प्रमुख दिपकप्रसद देवकोटा स्वास्थ्यमा समस्या देखाए आज बिहानै काठमाडौं हिँडेपछि शपथग्रहण कार्यक्रम रोकिएको हो ।
उनी आज बिहानै उपचारका लागि काठमाडौं हिँडेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
बुधबार भएको काँग्रेस संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामालाई पराजित गर्दै इन्द्रबहादुर बानियाँ संसदीय दलको नेता बनेका छन् । बानियाँले २२ मत प्राप्त गरेका छन् भने लामाको पक्षमा १४ मत परेको छ । त्यस्तै एक मत बदर भएको थियो ।
संसदीय दलको नेतामा पराजित भएपछि प्रतिक्रिया दिदै मुख्यमन्त्री लामाले संबिधानमै दुई बर्षसम्म सरकार परिवर्तन गर्न नपाइने व्यवस्था रहेको बताउदै राजीनामा दिन अस्वीकार गरेपछि नयाँ विवाद शुरु भएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस