पूर्वाधारसंगै स्वास्थ्य, शिक्षा र खेलकुदकाे विकासलाई प्राथमिकतामा राखेका छाैं- चिरीबाबु महर्जन
ललितपुर/ ११ पुस, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पूर्वाधारसंगै स्वास्थ्य, शिक्षा र खेलकुदकाे विकासलाई प्राथमिकतामा राखेका छाैं भन्ने बताउनुभएको छ।
ललितपुर जिल्ला टेबल टेनिस संघकाे संयाेजन तथा ललितपुर महानगरपालिका वडा नं. ९ काे आयाेजनामा महानगरकाे अन्तरवडास्तरीय टेबल टेनिस प्रतियोगिताकाे।आज बुधबार भएको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै महानगर प्रमुख महर्जनले २०७३ सालमा उपमहानगरपालिकामा समाहित भएर महानगरका वडा बनेका खाेकना, बुँगमती, हरिसिद्धि, धापाखेल, सुनाकाेठीलगायतका क्षेत्रकाे विकासमा ध्यान दिएकाे बताउनुभएको हाे ।
“देशकै पहिलाे महानगर ललितपुर, याे महानकाे मेयर कप प्रतियोगिता भव्यताका साथ सम्पन्न हुनु महत्त्वपूर्ण कुरा हाे, खेलकुद क्षेत्रमा यस प्रतियोगिताका कारणले उत्कृष्टता हासिल गर्नेछ, धेरै प्रतिभावान खेलाडीहरुले अवसर प्राप्त गर्नेछन्।” उहाँले भन्नुभयो ।
उहाँले ललितपुरलाई सुन्दर र बस्न याेग्य शहरका रुपमा विकास गर्छौं भन्नुभयाे ।
“विकास एकै दिन हुने कुरा हैन, निरन्तर गरेर सफलता हासिल गर्ने हाे। हामी त्यसका लागि क्रियाशील छाैं, यस्ता प्रतियोगिता गर्दागर्दै महानगर भित्रै ठूलाठूला खेलकुदका प्रतियोगिता सफल हुने विश्वस छ।” उहाँले भन्नुभयो ।
ललितपुर महानगरपालिकाका प्रवक्ता एवम् वडा नं. ९ का अध्यक्ष राजु महर्जनले छ दिनसम्म हुने यस प्रतियोगिताले खेलाडीहरुकाे प्रतिभाकाे उजागर हुँदै खेलप्रतिकाे रुचीकाे अभिबृद्धि हुने विस्वास व्यक्त गर्नुभयो। उहाँले प्रतियोगितामा भाग लिनु मात्रै महत्त्वपूर्ण नभएको भन्दै नियमित रुपमा अभ्यास पनि अति आवश्यक रहेकाे बताउनुभयो ।
ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनाेद महर्जनले छैटौं संस्करणसम्म मेयर कप प्रतियोगिता आयाेजना गरेर क्षमतावान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सफल भएको भन्दै वडा तहबाट भएको खेलकुदका गतिविधिहरुकाे प्रशंसा गर्नुभयो । उहाँले दशाैं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी छनाैटका लागि आवेदन दिने समय थप भएको जानकारी गराउँदै सहभागीताका लागि अनुराेध गर्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद अन्तर्गत टेबल टेनिस संघका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले ११ वडा वडाहरुकाे ८५ जना खेलाडीहरुकाे सहभागितामा दश वर्ष अगाडि सुरु गरिएको याे प्रतियोगिताले खेलकुद क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्याएकाे बताउनुभयो । पाटनकाे ऐतिहासिक गँछे टाेलमा हुने यस टेबल टेनिस प्रतियोगिताले अन्तर्राष्ट्रियस्तरमा परिचित हुन सक्ने खेलाडीहरु उत्पादन गर्न सक्न् विश्वास व्यक्त गर्नुभयो ।
ललितपुर जिल्ला टेबल टेनिस संघका अध्यक्ष आशिष अवालेले खेलकुदकाे उत्सवले समुदायकाे उत्साह र एकतालाई उचाईमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगिताका संयाेजक सञ्जु अवालेले प्रतिभावान नयाँ खेलाडीहरुलाई प्राेत्साहन गर्ने अभिप्रायले आयाेजित यस प्रतियोगितामा महानगरका २४ वटा वडाका ६ सय ३७ जना खेलाडीहरु सहभागी भएर १६ विधामा प्रतिस्पर्धा हुने जानकारी गराउनुभयाे। आजबाट सुरुभएकाे प्रतियोगिता पुस १५ गतेसम्म सञ्चालन हुनेछ ।

मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस