Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठसमाचार“अपाङ्गता भएका व्यक्तिहरुको दैनिकीमा सहजीकरण गर्न महानगरले  हरसम्भव प्रयास गर्ने”

    “अपाङ्गता भएका व्यक्तिहरुको दैनिकीमा सहजीकरण गर्न महानगरले  हरसम्भव प्रयास गर्ने”


    ललितपुर/१७ मंसिर, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिहरुको दैनिकीमा सहजीकरण गर्न महानगरले  हरसम्भव प्रयास गर्ने बताउनुभयो।
    अपाङ्गता भएका व्यक्तिहरुको ३४ओैं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज बुधबार ललितपुर महानगरपालिकाद्वारा जावलाखेलमा आयोजित समारोहमा मन्तव्य राख्नुहुँदै महानगरप्रमुख महर्जनले महानगरले निर्माण गरेका सबै सार्वजनिक संरचना अपाङ्गतामैत्री छन् भन्दै सेवा प्रवाहमा पनि कुनै समस्या नहुने बताउनुभएको हो।
    “अपाङ्गता भएका व्यक्तिहरुसंग पनि सपाङ्ग भन्दा बढि क्षमता रहेको हामीले देखेकै छौँ, तपाईंहरुको दैनिक जीवनमा आवश्यक पर्ने सेवाका लागि महानगर सदैव तत्पर रहने छ।” उहाँले भन्नुभयो ।
    उहाँले जेन जेड आन्दोलनका क्रममा अपाङ्गतामैत्री सवारी साधन जलाइएकोमा दु:ख व्यक्त गर्दै त्यसको परिपूरणका लागि अर्को सुविधासम्पन्न प्रविधिमैत्री सवारी किन्ने तयारी भैसकेको जानकारी गराउनुभयो।

    महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले अपाङ्गता भएका व्यक्तिहरुको रचनात्मक गतिविधि अगाडि बढाउनका लागि सक्रिय भूमिका निर्वाह गर्ने जानकारी गराउँदै उनीहरुलाई अवसर दिने कामका तीनै तहको सरकार र संघसंस्था मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

    ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले महानगरले अपाङ्गता भएका व्यक्तिहरुको सेवा, सुविधालाई जोड दिंदै दैनिक जीवन सहज बनाउन ध्यान दिएको बताउनुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई समाजको मूल प्रवाहमा ल्याएर सम्मानपूर्ण जीवन जिउने अवसर प्रदान गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

    जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक चक्रराज जोशीले अपाङ्गता भएका व्यक्तिहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको रक्षाका लागि प्रहरीले हरप्रहर सहयोग गर्ने जानकारी गराउँदै उनीहरुलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्ने बताउनुभयो। उहाँले अपराधिक मानसिकता हुने र खराब काममा लाग्नेहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई प्रयोग गरेर गलत काम र स्वार्थ सिद्ध गर्न खोज्ने हुँदा सचेत रहन पनि आग्रह गर्नुभयो।

    मानसिक अस्पतालका निर्देशक डाक्टर सुरज तिवारीले अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा प्रस्फुटनले अपाङ्गता हुनुले उनीहरूको विकासका लागि राम्रो काम हो भन्नुभयो। उहाँले अपाङ्गता हुनु भनेको सबै कुरा नहुनु हैन भन्दै शारीरिक, बौद्धिक, मानसिक लगायत विभिन्न किसिमका अपाङ्गता भएकाहरु फरकफरक क्षमता हुने भएकोले उनीहरूका फरकफरक क्षमता प्रस्फुटनका लागि समाज र राज्यले आवश्यक सुविधा दिनुपर्ने बताउनुभयो।

    शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको संघका निवर्तमान अध्यक्ष किरण सिल्पकारले ललितपुर महानगरले अपाङ्गता भएका व्यक्तिहरुको पहुँच हरेक क्षेत्रमा सहज बनाउने कार्यमा राष्ट्रिय स्तरमै उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गर्नुभयो।
    महानगरको कार्यपालिका सदस्य एवम् अपाङ्गता स्थानीय समन्वय समितिका सदस्य लक्ष्मी शर्मा दाहालले अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जीवनको सहजीकरणका साथै उनीहरूको क्षमता विकासकालागि नगरपालिकाले तथ्यांक संकलन गरेर शिक्षा, स्वास्थ र हेरचाहका लागि आवश्यक सहयोग, सहकार्य र समन्वय गरिरहेको बताउनुभयो। उहाँले अपाङ्गता भएका बालबालिकाको हीतकाका साथै उनीहरूमा भएको ज्ञान, सीप र क्षमता प्रस्फुटनका लागि महानगरले विभिन्न किसिमका कार्यहरु गर्नेगरि नीतिगत व्यवस्था गरेको जानकारी गराउनुभयो।
    सन् १९८१ मा संयुक्त राष्ट्रसंघले डिसेम्बर ३ तारिकलाई अपाङ्गता दिवस घाेषणा गरेकाे थियो । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन, समावेशीकरण, शसक्तिकरण र अपाङ्गताका विविध सवालहरूमा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वमा अपाङ्गता भएका व्यक्तिहरूको अन्तराष्ट्रिय दिवस सन १९९२ वाट मनाउन थालिएको हो । यो दिवस हरेक वर्ष विभिन्न अन्तराष्ट्रिय नाराहरूका साथ डिसेम्वर ३ मा मनाउने गरिन्छ । यस वर्ष “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन :सामाजिक उन्नतिको सम्बर्द्धन” भन्ने राष्ट्रिय नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT