काठमाडौँ/२४ असोज, राष्ट्रपति रामचन्द्र पौडेल बडादशैँ अन्र्तगत फूलपातीको उपलक्ष्यमा नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ समारोह २०८१ मा सरिक हुनुभयो । समारोहमा प्रथम महिला सबिता पाैडेल सहभागी हुनुहुन्थ्यो । साे अवसरमा राष्ट्रपति पाैडेललाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो । राष्ट्रपति पाैडेल नेपाली सेनाकाे परमाधिपति हुनुहुन्छ ।
सैनिक मञ्च टुँडिखेलमा विहिबार आयोजित सो फूलपाती बढाइँ समारोहमा नेपाली सेनाले विभिन्न सैनिक परेड प्रदर्शन गरेको थियो ।
सो अवसरमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । राष्ट्रिय गीत र विभिन्न धुन प्रस्तुत गरिएको थियो । साथै नेपाली सेनाले राइफलबाट लहरे, एकठठा र तोपबाट पनि आकर्षक बढाइँ प्रस्तुत गरेका थिए ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्री, सांसदहरु, संवैधानिक निकायका प्रमुख, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रमुख एवम प्रतिनिधि, उच्च पदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरूको सहभागिता थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ४ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ५ कांग्रेस संस्थापनइतर पक्षद्वारा महाधिवेशनसहित सबै निर्णय यथास्थितिमा राख्न माग
- ६ आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
- ७ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

तपाईको प्रतिक्रिया दिनुहोस