Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १२ मंगलवार

    अपडेट
    गृहपृष्ठराजनीतिएमाले अध्यक्ष ओलीले आफ्ना उम्मेदवारहरुलाई भने– ‘मतदाताका प्रश्न धैर्यपूर्वक सुन्नुहोस्’

    एमाले अध्यक्ष ओलीले आफ्ना उम्मेदवारहरुलाई भने– ‘मतदाताका प्रश्न धैर्यपूर्वक सुन्नुहोस्’


    काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाका आफ्ना उम्मेदवारहरूलाई मतदाताका प्रश्नहरू धैर्यपूर्वक सुन्न आग्रह गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले मतदातालाई पार्टीले गरेका कामहरूको स्पष्ट विवरण सुनाउन भनेका हुन्।
    ‘देशभर चुनावी मैदानमा खडा भएका हाम्रो पार्टी नेकपा (एमाले) का उम्मेदवार र प्रचारक साथीहरूलाई मेरो आग्रह छ – मतदातालाई हामीले गरेका कामहरूको स्पष्ट विवरण सुनाउनुहोस्। उहाँहरूको प्रश्न धैर्यपूर्वक सुन्नुहोस्। किनकि एमाले प्रश्नहरूको अग्निपरीक्षाबाट खारिएर बनेको राजनीतिक विरासत हो,’ उनले भनेका छन्।

    ‘मतदातालाई भ्रमको डिजिटल इको च्याम्बरभित्र कैद गरेर होइन, उम्मेदवारसँग आँखा जुधाएर, प्रश्न गर्ने अवसर दिएर, उत्तर सुनाएर, सत्य छुट्ट्याएर मतदान गर्ने अवसर दिनुपर्छ। साइको थ्रेटले भन्छ– चुपचाप छाप। स्वस्थ निर्वाचन संस्कृतिले भन्छ– आँखा जुधाएर विमर्श र निर्णय। त्यसैले हाम्रो आह्वान– चुपचाप छाप होइन, सोचीविचारी छाप। आँखा खोलेर भविष्य निर्माण’ ओलीको भनाइ छ।

    मतदाताबाट बहकाउमा होइन, कामको हिसाब सुनाएर मत माग्नुपर्ने पनि उनले बताएका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT