गाईजात्रामा यौनिक तथा अल्पसंख्यकको ‘प्राइड परेड
काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले आइतबार आयोजना गरेको गाईजात्रा ‘प्राइड परेड’ भव्य रूपमा आयोजना गरेका छन्।निरन्तर २२ वर्षदेखि गाईजात्राको दिनलाई आफ्नो गौरव दिवसका रूपमा मनाउँदै आएका उनीहरूले यसलाई अस्तित्व र पहिचानको प्रतीकका रूपमा स्थापित गरेका छन्।
काठमाडौंको नक्साल नारायणचौरमा भेला भएका समूदायका व्यक्तिहरुले विभिन्न जातजातिका पोशाक र पश्चिमा फेसनमा सजिएर प्राइड परेडमा सहभागिता जनाएका थिए ।
यसपटक भने यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले दुई फरक-फरक ठाउँबाट र्याली निकाले । मायाको पहिचान नामक संस्थाले ठमेलको कर्मचारी सञ्चयकोष भवनबाट र नील हिरा समाजले नारायणचौर नक्सालबाट र्याली निकालेका छन् ।
दुवै ठाउँबाट निकालिएको र्याली भने वसन्तपुरमा गएर टुंगिएको थियो । र्यालीपछि सांगीतिक कार्यक्रमसमेत गरिएको छ । उनीहरूले गाईजात्राको अवसरमा बर्सेनि गाईजात्रा परेड गर्ने गरेका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ५ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ६ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ७ निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने

तपाईको प्रतिक्रिया दिनुहोस