Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ १६ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारआज देशभर बकर ईद मनाइँदै, मस्जिद र इदगाहमा मुस्लिम समुदायको उल्लासपूर्ण सहभागिता

    आज देशभर बकर ईद मनाइँदै, मस्जिद र इदगाहमा मुस्लिम समुदायको उल्लासपूर्ण सहभागिता


    काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर ईद आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ । सरकारले पर्वको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ ।

    इस्लाम धर्मावलम्बीहरूले बिहानै स्नान गरी नजिकका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गरेका छन् । नमाजपछि एकअर्काबीच शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ । काठमाडौँस्थित जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा भक्तजनको उल्लेख्य भीड लागेको छ ।

    इदुल फित्र अर्थात् रमजान पर्वको करिब ७० दिनपछि मनाइने बकर ईदलाई त्याग, बलिदान र समर्पणको प्रतीकका रूपमा लिइन्छ । धार्मिक विश्वासअनुसार अल्लाहको आदेशमा नबी इब्राहिमले आफ्ना प्रिय पुत्र इस्माईललाई कुर्बानी दिन तयार भएको घटनाको सम्झनामा यो पर्व मनाउने गरिएको हो ।

    मुस्लिम धार्मिक मान्यताअनुसार अल्लाहले इब्राहिमको आस्था र समर्पणको परीक्षा लिएपछि इस्माईलको सट्टा स्वर्गबाट ल्याइएको दुम्बाको कुर्बानी भएको थियो । त्यसयता कुर्बानी दिने परम्परा कायम रहँदै आएको विश्वास गरिन्छ ।

    यस अवसरमा मुस्लिम समुदायले धर्मले जायज मानेका जनावरको कुर्बानी दिने प्रचलन छ । कुर्बानी गरिएको मासु तीन भागमा बाँड्ने धार्मिक परम्परा रहेको छ । जसअनुसार एक भाग गरिब तथा विपन्नलाई, अर्को भाग आफन्त तथा इष्टमित्रलाई र तेस्रो भाग आफ्नै परिवारका लागि राख्ने गरिन्छ ।

    बकर ईदको अवसरमा मक्का–मदिना पुगेर हज यात्रा गर्नु विशेष पुण्यको कार्य मानिन्छ । हजमा सहभागी हुन नपाएका मुस्लिम धर्मावलम्बीहरूले भने घरमै पर्व मनाउने गरेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले  गणतन्त्र संसारकै उत्कृष्ट शासन व्यवस्था भएको बताएका छन् । १९औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा

    हेटौंडा–५ मा अतिक्रमण हटाउन डोजर, स्थानीयको विरोध

    हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ मा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन शुक्रबार डोजर चलाइएको छ । उपमहानगरपालिकाले सडक

    आज आउँदै आगामी आर्थिक वर्षको बजेट, २२ खर्बसम्मको आकार हुने…

    काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

    आज गणतन्त्र दिवस मनाइदै

    काठमाडौं : आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ

    जाइकाको अनुदानमा बीपी राजमार्गको पिप्ले–बर्खेखोला सडक दुई लेनमा निर्माण हुने

    काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्मको बाँकी सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा दुई

    जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस

    Kathmandu.  The National Human Rights Commission has recommended an investigation into Gauri Bahadur Karki, the chairperson of the Judicial Inquiry

    Techie IT