रिहाइ प्रक्रिया पूरा गर्न काठमाडौंबाट रुपन्देही गए रवि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ ।नख्खु कारागारमा रहेका लामिछानेलाई प्रहरीले शुक्रबार बिहान विमानस्थल पुर्याएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार लामिछाने रुपन्देही पुगेपछि त्यहाँको कानूनी प्रक्रिया पूरा गरेर आजै रिहा हुनेछन्।
विहिबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपनि आज लामिछानेलाई भैरहवा पुर्याएपछि जिल्ला अदालत रुपन्देहीमा पेश गरिदैछ । अदालतले धरौटी रकम रुजु गरेपछि छुट पुर्जी दिएपछि उनी आजै रिहा हुने छन् ।
रविसँगै रास्वपाका केही नेताहरु पनि रुपन्देही गएका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ४ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ५ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ६ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ७ नेप्सेमा सामान्य गिरावट, ४ अंक घट्दा कारोबार ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी

तपाईको प्रतिक्रिया दिनुहोस