Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठअन्तराष्ट्रियश्रीलंकाको संसद विघटन, नोभेम्बर १४ मा निर्वाचनको घोषणा

    श्रीलंकाको संसद विघटन, नोभेम्बर १४ मा निर्वाचनको घोषणा


    काठमाडौँ/ ९ असाेज,  श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेले संसद विघटन गर्नु भएको छ। राष्ट्रपति दिसानायकेले आगामी नोबेम्बर १४ मा आम निर्वाचन गर्ने गरी संसद विघटन गर्नुभएकाे हाे। श्रीलंकामा पछिल्लो संसद अधिवेसन अगस्ट २०२० मा बोलाइएको थियो । संसद विघटन निर्धारित समयभन्दा ११ महिना अगाडि भएको हाे । राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भए तत्काल संसद विघटन गर्ने स्पष्ट पार्नुभएकाे थियाे । गत शनिबार भएको निर्वाचनको नतिजापछि राष्ट्रपति बन्नुभएका ५६ वर्षीय दिसायनाकेले संसद भंग गरेर निर्वाचनको मिति तोक्नु भएको हाे। श्रीलंकाको नवौं राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेपछि उहाँले आफू लोकतन्त्र जोगाउन र नेताहरुको सम्मान पुनर्स्थापनाका लागि सक्दो प्रयास गर्ने विश्वास दिलाउनुभएकाे थियाे । साथै उहाँले आफ्नो उद्देश्य देशलाई आर्थिक संकटबाट निकाल्ने भएको बताउनु भएको थियाे । उहाँले आफू जादुगर नभई आर्थिक संकटबाट गुज्रिरहेको देशलाई उकास्ने सामूहिक दायित्वमा लाग्ने आफ्नो लक्ष्य रहेको बताउनुभयाे । उहाँले भन्नु भएको थियोे, ‘म जादूगर होइन । म यो देशमा जन्मेको एक आम नागरिक हुँ । मसँग क्षमता र सक्षमता छ । मलाई केही कुरा थाहा छ र केही कुरा थाहा छैन । मेरो पहिलो काम भनेको जनताको प्रतिभालाई सदुपयोग गर्नु र यो देशको नेतृत्व गर्न राम्रो निर्णय गर्नु हो । सामुहिक जिम्मेवारीमा योगदानकर्ता बन्न चाहन्छु ।’




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT