स्थानीय स्राेत र साधनमा आधारित उद्यमशीलता मार्फत राेजगारी वृद्धि गर्न चाहान्छाैं – मन्त्री भण्डारी
ललितपुर/ १४ पुस: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थानीय स्राेत र साधनमा आधारित उद्यमशीलता मार्फत राेजगारी वृद्धि गर्न चाहान्छाैं भन्नुभएको छ ।
उद्यमी घरमा शनिबारदेखि १० दिनसम्म हुने देशैभरीका नेपाली उद्यम उत्पादनकाे बृहत प्रदर्शनी तथा व्यापार मेला २०८१ काे उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै मन्त्री भण्डारीले नेपाली माटाे, मन, मस्तिष्क, उत्पादनमा समृद्धिकाे ठूलाे सम्भावना रहेको बताउनुभएको हाे ।
“नेपालकाे उत्पादन राष्ट्रिय अभियानका साथ कार्यान्वयनमा लैजानुपर्छ, यसलाई संघीय सरकारबाट कार्यान्वयन गर्दै प्रदेश र स्थानीय तहमा लागू गर्छाैं, सरकारकाे पाेर्टल बनाएर सार्वजनिक खरिद कार्यालयले मुल्य निर्धारण गरेर व्यवस्थापन गर्ने तयारी भैरहेकाे छ।” मन्त्री भण्डारीले भन्नुभयो ।
उहाँले सार्वजनिक निकायमा स्वदेशी बस्तु प्रयाेग सम्बन्धि कार्यविधि २०८१ पारित भइ राजपत्रमा प्रकाशनकाे तयारीमा रहेकाे बताउँदै राजपत्रमा प्रकाशन लगातै कार्यान्वयनमा आउने जानकारी गराउनुभयाे ।
“मेक इन नेपाल र मेड इन नेपाल सरकारकाे प्राथमिकतामा छ, चैत महिनामा वितरण हुने पाेसाक भत्ताबाट नेपाली उत्पादनकाे उपयाेग हुने नीति लिएको छ। स्टार्टअप नीति गत बर्षदेखि लागू भएको छ, यस वर्ष नवीन साेचमा आधारित रहेर पेश गरिएको अवधारणालाई एक अर्व न्युनतम व्याजदरमा लगानी गर्ने तयारी अन्तिम चरणमा छ, गाउँगाउँ बस्तीबस्तीमा नवप्रवर्तनशील अवधारणा र याेजनालाई लगानी गर्ने वातावरण तयार गर्छाैं ।” मन्त्री भण्डारीले भन्नुभयो ।
उहाँले स्वदेशी बस्तु प्रयाेग सम्बन्धि कार्यविधि लागू हुँदा धेरै क्षेत्रमा राेजगारी सृजना गर्दै आयात प्रतिस्थापन गर्न सकिन्छ भन्नुभयो ।
“स्वदेशी बस्तु प्रयाेग सम्बन्धि कार्यविधि लागू हुँदा नेपाली उत्पादनकाे महत्त्व, यसकाे सान्दर्भिकता उजागर हुनेछ, नविनता, चिन्तन र साेचलाई सरकारले सम्बाेधन गर्ने छ, बैकमा पैसा थुपारेर वस्ने कामकाे अन्त्य गर्नेछ, नीतिलाई केन्द्रमा राखेर संसदमा विचाराधीन रहेका थुप्रै कानुनहरुलाई पारित गराउनेछाैं, नीति सुधारका कामलाई समाधान गर्नेछौं।” उहाँले भन्नुभयो ।
मन्त्री भण्डारीले उद्यमी घरमा दश दिनसम्म चल्ने मेलाले मेराे देश मेराे उत्पादनकाे सान्दर्भिकतालाई टेवा पुर्याउने विस्वास व्यक्त गर्नुभयाे । उहाँले मेलाबाट उत्पादनकाे बजारीकरण भई आर्थिक लाभ हासिल हुनुका साथै राेजगारीकाे सृजना हुने र घरेलुु तथा साना उद्योगकाे प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो ।
बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले उद्यमी घरकाे याे प्रयत्न साना तथा घरेलुु उद्योगका लागि महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले यस्ता मेलालाई देश व्यापी रुपमा विकास र विस्तर गर्नुपर्छ भन्नेमा जाेड दिनुभयो । साना तथा घरेलुु उद्यमलाई निरन्तरता दिनका साथै गुणस्तरीय उत्पादन गरि बजारसम्म ल्याउनका लागि भएका चुनाैतीहरुलाई समाधान गरिनुपर्छ भन्नेमा उहाँकाे जाेड रहेको थियो ।
“हस्तकलाका अव्वल जिल्ला ललितपुरका सबै क्षेत्रमा ससाना हस्तकलाका उद्यमहरु भैरहेको छ, देशकाे माैलिक उत्पादनलाई प्राेत्साहन गर्न प्रदेशसभामा जाेडदार रुपमा कुरा उठिरहेको छ, याे खालकाे उद्यमलाई देशभर विकास र विस्तार गरि देशले चाहेकाे आर्थिक समृद्धि हासिल गर्न लाग्नुपर्ने छ।” उहाँले भन्नुभयाे।
नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले
३५ ओैं कला नगरीमा भएको साना तथा घरेलुु उत्पादनकाे याे मेला ठूलाे काम भएको बताउनुभयो । उहाँले स्वदेशी उत्पादन प्राेत्साहन गर्न मन्त्रालयले बनाएको निर्देशिकाले आर्थिक समृद्धि हासिलका लागि उल्लेख्य काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले एकै ठाउँमा नेपालभरका उत्पादन स्वदेशी तथा विदेशी ग्राहकलाई उपलब्ध गराउने काम गरेकोमा उद्यमी घरलाई आभार व्यक्त गर्नुभयो ।
“उद्यमी घरले नेपालमा नै राेजगारीकाे अवसर सृजनामा महत्त्वपूर्ण काम गरेको छ, २०६७ मा नै स्वदेशी बस्तु उपयाेग तथा खरिद नीति आए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको थियोे, अहिले मन्त्रालयले स्वदेशी उत्पादनकाे प्रयाेग गरेर हाैसला बढाउने काम गरेको छ।” उहाँले भन्नुभयो ।
ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले घरेलु उद्यमबाट उत्पादित सामानहरु संकलन गरेर सहज रुपमा निर्यात गर्न र नेपालभित्र उपयाेगकाे अवसर सृजना गरेर राम्रो काम गरेको बताउनुभयाे । उहाँले याे मेलाले ठाेस काम गर्न सकाेस् भन्दै निर्यातलाई टेवा पुर्याउँदै विदेशी मुद्रा आर्जनमा अझै सफलता मिलाेस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
उद्यमी घरका सञ्चालक दिपक कार्कीले नेपाली कला संस्कृतिकाे प्रवर्द्धनका साथै देशैभरका उद्यमीहरुकाे उत्पादनलाई प्रवर्द्धन गरी राेजगारीकाे अवसर सृजना गर्ने काम गर्दै आएकाे जानकारी गराउनुभयाे । उहाँले उद्यमी घरमा ६ वटै तल्लामा नेपाली परम्परागत तथा घरेलुु उत्पादनलाई समेटिएको बताउँदै स्थानीय स्तरमा उपयाेगमा आउन नसकेका धेरै सम्भावना भएका स्राेत साधनलाई उपयाेग गरि आर्थिक समृद्धिका लागि सृजनशील काम गरेको बताउनुभयो।
उहाँले घरेलुु तथा साना उद्योगका छाता संघसंस्थाहरुलाई नीतिगत विषयमा आवाज उठाउन आग्रह गर्नुभयो । उद्यमी घरमा आजबाट सुरु भएको मेला पुस २२ गतेसम्म सञ्चालन हुने उद्यमी घरका सञ्चालक शाेभा घिमिरेले जानकारी गराउनुभयाे।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस