१ करोड २५ लाख कारोवारसंगै दोश्रो हर्टिकल्चर एक्सपो सम्पन्न
काठमांडौ | १ करोड २५ लाख बढीको कारोवारसंगै दोश्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१ सम्पन्न्न भएको छ । नर्सरी ब्यवसायी संघ नेपालले बिहिबारबाट काठमांडौको भृकुटीमण्डपमा आयोजना गरेको दोश्रो हर्टिकल्चर एक्स्पो २०८१ मा १ करोड बढीको कारोवार भएको नर्सरी ब्यवसायी संघ नेपालका बरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविन कुमार गौतमले जानकारी दिए । गौतमले भने दोश्रो हर्टिकल्चर एक्सपो हामीले सोचे भन्दा धेैेराम्रो भयो ,सबैथरीका बोटबिरुवा साथै कृर्षि औजार, मल खाद्यन्न ,परामर्श सबै एकैठाउमा भएकाले मेलाप्रति सबैको आकर्षण रह्यो । नर्सरी ब्संयवसायीहरुले आफ्ना उत्पादनहरु प्रदर्शन गर्न पाउने र बोटबिरुवाका सौखीन उपभोक्ताहरुको लागि मेलाले महत्वपुर्ण भुमिका खेल्ने संघका अध्यक्ष राम्जीप्रसाद तिमिल्सिेनाले बताए ।
हर्टिकल्चर एक्सपोमा कृर्षिबन जडीबुटी फलफुल सबै खालका प्रदर्शनी भएकाले पनि मेलामा अवलोकन गर्नेको संख्या बृद्धि हुदै गएकाले आर्थीक समृद्धिको लागि हामी एक्सपो गरीरहन्छौं अध्यक्ष तिमिल्सिेनाले भने । चैत्र २८ गते बिहिबारबाट ३१ गते आइतबार चार दिनसम्म चलेको मेलाको ५० हजार भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गरेको आयोजक संघले बताएको छ ।
आफुले उत्पादन र बिक्री बितरण गरीरहेको बोटबिरुवाहरु प्रदर्शनीमा राख्दा उपभोक्ताहरु खोजी खोजी स्टलमा आएर अवलोकन गरी खरीद गर्दा अत्यन्तै खुशी लागेको नर्सरी ब्यवसायीहरुले बताए ।
एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि बन नर्सरी तथा जडिबुटी नर्सरीको ७०० भन्दा बढि प्रजातीका बोटविरुवाहरू प्रदर्शनी तथा विक्री वितरणको लागि राखिएको थियो । मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, गमला, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल राखिएको मेलामा ७४ वटा व्यवसायीक स्टल, ३ वटा फुड स्टल, ७ वटा अफिसियल स्टल तथा प्रतिष्पर्धाको ५ वटा स्टल रहेको थियो ।
मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति रु १०० र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति रु ५० राखिएको थियो । पुष्प विकास केन्द्र, वनस्पती विभाग, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग, पुल्चोक, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश दोश्रो हर्टिकल्चर एक्सपोको सह आयोजक रहेका थिए
नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार भन्ने नारा लिएर नर्सरी व्यवसायी संघ नेपालले दोश्रो हर्टिकल्चर एक्सपोसंगै तिहार फ्लोरा एक्सपो सहित चारवटा मेला सम्पन्न गरीसकेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ५ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ६ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ७ निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने

तपाईको प्रतिक्रिया दिनुहोस