सभापति कप: फाइनल प्रवेशका लागि सङ्कटा र मच्छिन्द्र खेल्दै
काठमाडौं/ १४ माघ: नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा काठमाडौँमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल खेल हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने सेमिफाइनलमा सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लब फाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रिने छन् । सङ्कटाले उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । सङ्कटाले पहिलो खेलमा शानदार प्रदर्शन गर्दै चर्च ब्वाइजमाथि ३–० गोलको जीत दर्ता गरेको थियो । सोही लय कायम राख्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा सङ्कटा रहेको छ ।
उता, मच्छिन्द्र फुटबल क्लबले आफ्नो पहिलो खेलमा विभागीय क्लब एपीएफमाथि १–० को कठिन जीत दर्ता गरेको थियो । बराबरीतर्फ उन्मुख खेलमा पेनाल्टीको तयारी स्वरूप गोलकिपर पनि परिवर्तन गरेको अवस्थामा मच्छिन्द्रका शनिस श्रेष्ठले निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनलमा प्रवेश गराएका थिए ।
सङ्कटा र मच्छिन्द्र दुवैको खेल उत्कृष्ट हुने अपेक्षा गरिएको छ । दोस्रो सेमिफाइनलमा भने नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती आयोजकको तर्फबाट) र न्यु रोड टिम एनआरटी भिड्ने छन् । दोस्रो सेमिफाइनल मङ्गलवार हुने छ ।
सर्वाधिक पुरस्कार राशिको नेपाली काँग्रेसका सभापतिको नाममा सञ्चालित नकआउट प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ पाउने छ भने उप विजेता टोलीले १३ लाखमा चित्त बुझाउने छ । प्रतियोगितामा प्रत्येक खेल खेल्ने दुवै टोलीले नगद ५० हजार पाइरहेका छन् भने प्लेयर अफ दी म्याचले १५ हजार पाएका छन् । प्रतियोगिताका हेर्नका लागि १ सय र ३ सय रुपैयाँको टिकट दर तोकिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस