सुकुम्बासीबस्तीमा डोजर आतंक मचाएर बालेनले निर्वाचन बिथोल्न खोजेको सुकुम्बासीको आरोप
काठमाडौं, २३ कार्तिक | आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघले निर्वाचनको समयमा सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर आतंक मचाएर मुडभेड गर्न खोजेको जनाएको छ ।
निर्वाचन आयोगमा आज (आइतबार) संघले ध्यानाकर्षणपत्र बुझाउदै निर्वाचनको वातावरण बनाउन माग समेत गरेको छ । २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेको अवस्थामा काठमाडौं महानगरपालिकाले सातदिने सूचना जारी गर्दै सुकुम्बासी बस्तीमा डोजर आतंक मचाउँने जनाउदै संघले यसबाट निर्वाचन बिथोलिन सक्नेमा सचेत गराएको छ ।
पछिल्लो समय निर्वाचनलाई बिथोल्ने हिसाबले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुकुम्बासी बस्तीमा डोजर आतंक मचाउने रणनीति अनुसार अगाडी बढेको संघका अध्यक्ष कालबहादुर विकले जनाएका छन् । महानरको यस्तो गैरकानून कार्यका बिरुद्धमा जस्तो सुकै प्रतिकार गर्न आफूहरु तयार रहेको संघ अध्यक्ष विकले चेतावनी समेत दिएका छन् ।
‘हाम्रो जस्तो गरिब देशको राजधानीमा सुकुम्बासी बस्ती हुनु समस्या होइन । त्यसलाई व्यवस्थित बनाउनुको साटो काठमाडौं महानगरका मेयर बालेन शाहहरुले डोजर आतंक मचाउन खोज्नु दुर्भाग्य हो । सुकुम्बासी एवं अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउनु पर्ने दायित्वबाट भागेर समस्या समाधान हुदैन,’ संघका अध्यक्ष विकले भने ।
साथै, निर्वाचन निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा होस भन्ने आफूहरुको माग रहेको बताउदै संघका अध्यक्ष विकले बिजुली बिलका आधारमा मतदान गर्ने व्यवस्था गर्न आयोगसंग माग गरेका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस