Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारमहिलाहरुकाे आर्थिकस्तर उकास्न स्थानीय व्यापार मेलालाई प्राथमिकतामा राख्छौं – महानगर प्रमुख महर्जन

    महिलाहरुकाे आर्थिकस्तर उकास्न स्थानीय व्यापार मेलालाई प्राथमिकतामा राख्छौं – महानगर प्रमुख महर्जन


    ललितपुर/ १५ भदौ : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महिलाहरुकाे आर्थिकस्तर उकास्न स्थानीय व्यापार मेलालाई प्राथमिकतामा राख्ने बताउनुभएको हाे । महानगरकाे वडा नं १४ ले नखिपाेटमा आयाेजना गरेकाे दुई दिने वडास्तरीय तीज व्यापार मेलाकाे शुक्रबार उद्घाटन गर्नुहुँदै महानगर प्रमुख महर्जनले सांस्कृतिक महत्त्व राख्ने परम्परागत पर्वहरुमा स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्दै महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन लागि पर्ने बताउनुभएको हाे ।
    “हामीले सामाजिक र सम्पदा संरक्षणका क्षेत्रमा दिनप्रतिदिन राम्रो काम गर्दै आइरहेका छाैं, तपाईंहरुले देखिराख्नुभएकाे छ, गत वर्ष नेपाल भरिकै स्थानीय तहमध्ये ललितपुर महानगरले सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेकोमा नेपाल सरकारले पुरस्कृत गर्याे, बागमती प्रदेश सरकारबाट सम्पदा क्षेत्रमा राम्रो काम गरेको भनेर पुरस्कृत गर्याे, हामीले गरेका कामहरु अरु स्थानीय तहले पनि अनुशासन गर्दै गइरहेका छन्, हामी महानगरभित्रका महिलाहरुकाे आर्थिकस्तर उकास्न यस्ता पर्वस्तरीय व्यापार मेलालाई प्रवर्द्धन गर्न तत्पर छाैं, हामी मिलेर काम गर्छाैं ।” उहाँले भन्नुभयो ।
    उहाँले मेलाले स्थानीय समुदायलाई एकत्रित गर्न, सांस्कृतिक सम्पदालाई जगेर्ना गर्न, र आर्थिक गतिविधि बढाउन मद्दत पुर्‍याउने बताउनुभयो ।

    उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले वडाकाे बजेटमा स्थानीय महिला समूहले गरेकाे याे सृजनात्मक र रचनात्मक कार्यकाे प्रशंसा गर्नुभयाे । “समृद्ध महानगर बनाउन सबैलाई उद्यमशील बनाउनु जरुरी छ, याे मेलाले स्थानीय उत्पादन र आर्थिक उपार्जनलाई सहयाेग पुर्‍याउने विश्वास छ।” उहाँले भन्नुभयो ।
    यो मेला तीजको अवसरलाई मनाउने माध्यम मात्र नभई स्थानीय उत्पादनहरूको प्रवर्द्धन गर्ने एक महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।
    वडा अध्यक्ष अमृतजंग महतले परम्परादेखि नै मनाइँदै आएकाे पर्वकाे अवसरमा महिलाहरुकाे आर्थिक सवलीकरणका लागि याे मेलाका लागि बजेट उपलब्ध गराइएको बताउनुभयो । उहाँले ललितपुर महानगरपालिका वडा नं. १४ द्वारा नखिपोटमा आयोजित तीज व्यापार मेला स्थानीय स्तरमा व्यवसायिक गतिविधिहरू प्रवर्द्धन गर्न र तीज पर्वको सांस्कृतिक महत्त्वलाई उजागर गर्न आयोजना गरिएको बताउनुभयाे । उहाँले वडा महिला समूहलाई बार्षिक बजेट व्यवस्था गरेर सक्रिय बनाउन निरन्तर काम गरिरहेकाे बताउँदै अरु स्थानबाट पनि यहाँकाे मेलामा आउने वातावरण बनाउने बताउनुभयो ।
    वडा महिला सञ्जाल संयाेजक सहनशीला कार्कीले स्थानीय उत्पादनलाई बजारीकरण गर्दै महिलाहरुलाई आर्थिक उपार्जनमा सहयाेग पुर्‍याउने अभिप्रायले याे मेला आयाेजना गरिएको बताउनुभयो ।
    वडास्तरीय तीज व्यापार मेला १४ गते शुक्रबार र १५ गते शनिबार सञ्चालन हुनेछ । मेलामा महिला समूहहरुका एक सय भन्दा बढि स्टलहरुमा कपडा, विभिन्न साैन्दर्य तथा कस्मेटिक सामग्रीहरु, स्थानीय नेवारी खानाका विभिन्न परिकारहरु, स्थानीय हस्तकलाका उत्पादनहरु लगायतका सामग्रीहरु राखिएका छन्। मेलामा मनोरञ्जनका विभिन्न कार्यक्रमहरू, सांस्कृतिक प्रस्तुतिहरू, तथा खानाका परिकारहरूको पनि विशेष व्यवस्था गरिएकाे छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT