पूर्वमन्त्री बस्नेतले गरे सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री बस्नेतले शुक्रवार जिल्लाका विभिन्न बाढी पहिरो प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरेका हुन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, सिन्धुपाल्चोकका प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान अधिकृत राजन प्रजापति लगायतको सहभागितामा जिल्लाका विभिन्न बाढी प्रभावित क्षेत्रको निरीक्षण गरिएको हो ।
बाढीले पुर्याएको क्षतिको विवरण संकलन, सम्भावित जोखिम न्यूनीकरण तथा राहत उद्धारको काममा सहजताका लागी क्षेत्र नम्बर १ को भोटेकोशी, दुगुनागढी, लिपिङ, कोदारी, तातोपानी, चाकु बजार, खागदल र खाडीचौर तथा क्षेत्र नम्बर २ को तिपेनी बजार लगायत आसपासका क्षेत्र, नेशनल हाईड्रोपावर, याङरी बजार हेलम्बु , मेलम्ची लगायतका क्षेत्रहरू निरीक्षण गरिएको हो ।
निरन्तर वर्षा पछि आएको बाढीले सिन्धुपाल्चोक जिल्लाका विभिन्न ठाउँहरूमा ठुलो मात्रामा भौतिक क्षति पुर्याएको र सबै क्षेत्रहरूमा गाडी मार्फत निरीक्षण सम्भव नभएकाले नेता बस्नेतले जिल्लाका सरोकारवालहरूलाई सँगै लिएर क्षतिग्रस्त ठाउँहरूको निरीक्षण तथा राहतका लागी समेत यथाशीघ्र पहल थाल्न ध्यानाकर्षण गराएका छन् ।
नेता बस्नेतले विगतदेखि नै हरेक विपदजन्य अवस्थामा पीडितहरूको उद्धार तथा राहतका लागी काम गर्दै आएका छन् । यो वर्ष पनि वर्षा शुरु भए लगत्तै उनले प्रभावित क्षेत्रमा निगरानी बढाएका छन् ।
निरीक्षणपछि बाढी प्रभावितहरूमा राहतको आशा पलाएको छ । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नेता बस्नेतले नागरिकको हरेक सुखदुखको सारथीको परिचय बनाएका छन् ।
यसअघि पनि उनले विपदको समयमा जिल्ला पुगेर स्थानीय जनताहरुका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । मेलम्चीको बाढी होस् वा भूकम्प वा कोरोनाकालको कठिन समय नै किन नहोस् बस्नेत हरेक समय आफ्नो जिल्लाका जनताहरुसँगै रहने गरेका छन् ।

मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस